फेरी मोदी नै प्रधानमन्त्री बन्ने कंगनाको दावी, मूर्ख अन्धभक्त भन्दै खनियो सामाजिक संजाल !

काठमाडौँ – बलिउड अभिनेत्री कंगना रणावतले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी फेरी पनि प्रधानमन्त्री बन्ने दावी गरेकी छन्।

पछिल्लो समय आफ्ना अभिव्यक्तिका कारण चर्चामा रहने गरेकी कंगनाले बुधबार केहि ट्वीट गर्दै नरेन्द्र मोदी तेस्रो पटक भारतको प्रधानमन्त्री बन्ने दावी गरेकी हुन्।

कंगनाले भारतीय जनता पार्टी(भाजपा) तथा नरेन्द्र मोदीलाई समर्थन गर्दै सामाजिक संजालहरुमा पोस्ट गर्ने गरेकी छन्। केहि पोस्टहरुका कारण उनी विभिन्न समयमा विवादित समेत भइसकेकी छन्।

यस पटक कंगनाले सन् २०२४ मा हुने निर्वाचनबाट मोदी तेस्रो पटक प्रधानमन्त्री हुने दावी मात्र गरेकी छैनन्, अखण्ड भारत निर्माणका लागि मोदी अर्को पटक निर्वाचित हुनै पर्ने पनि बताएकी छन्।

कंगनाको आलोचना

कंगनाले नरेन्द्र मोदी पुनः प्रधानमन्त्रीको रुपमा निर्वाचित हुनुपर्ने बताएसँगै कंगना ट्रोल भएकी छन्। ट्वीटर प्रयोगकर्ताहरुले कंगनालाई मूर्ख र अन्धभक्तको संज्ञा दिएका छन्।

एक ट्वीटर प्रयोगकर्ता लेख्छन्,”एक अन्धभक्तले देख्ने सपना यस्तै हो। तर, यस्तो किमार्थ हुनेवाला छैन।”

त्यस्तै केहि ट्वीटर प्रयोगकर्ताहरुले भारतमा भइरहेको किसान आन्दोलनसँग जोडेर पनि कंगनाको आलोचना गरेका छन्। मोदीका कारण किसान सडकमा आइपुगेको भन्दै फेरी मोदी प्रधानमन्त्री भए पूरै देश सडकमा आइपुग्ने ती ट्वीटर प्रयोगकर्ताको टिप्पणी छ।

त्यस्तै ७५ वर्ष भइसकेका व्यक्तिले निर्वाचनमा भाग लिन नपाउने बिजेपीको नियम उल्लेख गर्दै केहिले मोदी आउने चुनावमा भाग नलिने दावी पनि गरेका छन्। जसको उत्तरमा कंगनाले मोदीलाई देश भन्दा पनि देशलाई मोदी चाहिने बताएकी छन्।

https://twitter.com/KanganaTeam/status/1369539140262391808
https://twitter.com/KanganaTeam/status/1369532345779249152

प्रकाशित : बुधबार, फागुन २६, २०७७१८:१२

ऐश्वर्या जस्तै देखिन्छिन् यी पाँच, हेर्नुहोस् तस्विर सहित !