चुनावी वाचा पूरा नगरी घोटाला गर्ने नेताजीलाई महिलाको कपडामा बजार घुमाइयो, चारपाटे मुड्ने चेतावनी !

एजेन्सी – चुनावको समयमा नेताहरु जनता माझ ठूला-ठूला सपना छर्छन्, धेरै वाचा गर्छन्। तर चुनाव जितेपछि भने नेताहरु आफ्नो वचनमा कमै मात्रै कायम रहन्छन्।

यस्तै चुनाव जित्न ठूला-ठूला सपना छर्ने र जनतालाई विभिन्न वाचा गर्ने तर पूरा नगर्ने एक नेतालाई जनताहरुले जे कारवाही गरे त्यसले धेरैलाई चकित बनाइदिन सक्छ।

खासमा, दक्षिणी मेक्सि स्थित ह्यूक्सटन प्रान्तका मेयर जेवियर जिमेनेजको एक तस्विर भाइरल भएको छ। जसमा उनलाई महिलाहरुको कपडा लगाएर बजार घुमाइरहेको देखिएको छ।

स्थानीय मिडिया रिपोर्टका अनुसार चुनावी प्रतिज्ञाहरू पूरा नगरेपछि नगरवासीहरुले मेयरलाई महिलाको कपडा लगाइदिएर पूरै शहर डुलाएका हुन्।

यति मात्र नभई आक्रोशित नगरवासीले स्थानीय नगर निगमका एक अधिकारी लुईस टोनलाई पनि यस्तै गरेका छन्। महिलाका कपडामा देखिएका मेयरका तस्विरहरु अहिले सामाजिक संजालमा भाइरल भैरहेका छन्।

मेयरलाई महिलाको कपडा लगाएर नगर घुमाएको तस्विरको अलावा एक भिडियो पनि भाइरल भएको छ। त्यस भिडियोमा नगरवासीहरु विभिन्न पोस्टर बोकेर र्यालीमा सहभागी भएको देखिएको छ। मेयरलाई नगर घुमाउँदा सहभागी नगरवासीहरुले “यिनले आफ्नो वाचा पूरा गरेनन्” लेखिएको पर्चाहरु देखिएको मिडियाहरुले बताएका छन्।

मेयर जेवियर जिमेनेजले चुनावको समयमा पानीको व्यवस्था सुधार गर्न ३० लाख पेसो विनियोजन गर्ने घोषणा गरेका थिए तर उनले त्यसो गर्न नसकेपछि उनलाई महिलाको कपडा लगाएर नगर घुमाइएको एक मेक्सिकन अखबारले जनाएको छ।

पानीको व्यवस्था सुधार गर्ने भन्दै चुनाव जिते पनि उल्टै आर्थिक घोटाला गरेको नगरवासीहरुको आरोप छ। नगरवासीहरुले मेयरलाई ४ दिन सम्म बन्धक समेत बनाएको र आउने समयमा बाधा पूरा नगर्ने चार- पाटे मुड्ने धम्कि दिएको बताइएको छ।

प्रकाशित : बुधबार, साउन २२, २०७६११:१८

विज्ञहरुले तयार पारे सबै भन्दा धेरै सुन्दर युवती पाइने देशको सूची ! नेपाल कति नम्बरमा ? हेर्नुहोस्