हस्तरेखाविज्ञान अनुसार तपाईंको हातका रेखाले तपाईंको जीवनका थुप्रै गहिरा रहस्यहरू प्रकट गर्न सक्छ। यस्तोमा हस्तरेखाशास्त्रमा मानिसको वैवाहिक जीवन सम्बन्धित रहस्य पनि उल्लेख गरिएको छ। हस्तरेखाशास्त्रका अनुसार कनिष्ठा औंलाको मुनि र हृदय रेखाको माथि बुध पर्वत नजिकै रहेओ रेखालाई विवाह रेखा भनिन्छ। कुनै पनि व्यक्तिको हातमा यी रेखाहरू एक वा दुई वा चार वटा सम्म हुन सक्छन्। यस रेखाको मद्दतले मानिसको दाम्पत्य जीवनको बारेमा थुप्रै जानकारी पाउन सकिन्छ।

यस्ता मानिसको वैवाहिक जीवन सुखमय हुन्छ
यदि कसैको विवाहको रेखा स्पष्ट छ र कुनै अर्को रेखाले यसलाई काटिरहेको छैन र क्रसको चिन्ह छैन भने यस्ता व्यक्तिहरूको वैवाहिक जीवन सुखमय रहन्छ भन्ने विश्वास गरिन्छ।

यदि कुनै व्यक्तिको हातमा विवाह रेखा गहिरो र लामो छ भने यस्ता मानिसले आफ्नो जीवनसाथीलाई अत्यन्त प्रेम गर्छन् र आफ्नो सम्बन्धलाई निकै महत्व दिन्छन्। यदि कसैको विवाह रेखाबाट पातलो रेखा प्रारम्भ भएर हृदय रेखाको तर्फ जान्छ भने हस्तरेखाशास्त्र अनुसार यस्ता मानिसको वैवाहिक सम्बन्ध जीवनभर मजबूत रहन्छ।

यस्तो छ भने दाम्पत्य जीवनमा रहन्छ विभिन्न समस्या
यदि कुनै व्यक्तिको हातमा विवाह रेखा टुक्रिएको छ भने वैवाहिक जीवनमा अलग हुने सम्भावना हुन्छ। त्यस्तै, यदि दुबै हातमा यस्तो छ भने जीवनसाथीसँग धेरै झगडा हुने सम्भावना हुन्छ।

यदि कसैको हातमा विवाह रेखामा टापुको निशान बनेको छ भने उक्त व्यक्तिको जीवनमा वैवाहिक सुखको कमी रहनेछ। त्यस्तै, विवाह रेखा एक भन्दा धेरै टापुको निशान छ भने उक्त व्यक्तिको जीवनमा थुप्रै समस्या आउनसक्छ।

