जोइन्ट फ्यामिलिमा बिहे गर्नुअघि गाँठो बाँध्नुहोस यी ५ कुरा, नत्र झ-गडामा बित्नेछ जीवन!

विवाहपछि धरै जसो महिलाहरु यूक्लियर फ्यामिली (एकल परिवार) मा जाने सपना देख्ने गर्छन। आमा-बाबुको कोशिश पनि  छोरीको लागि कुनै एकल परिवार  खोज्ने नै हुन्छ । प्राय: मानिस जोइन्ट फ्यामिली (संयुक्त परिवार) मा विवाह  गर्न हिचकिचाउँछन्। यसको कारण यो  होकी  कि नया दुलहीलाई सयुंक्त परिवारमा  एडजस्ट हुन निकै कठिन  हुन्छ।

यदी तपाइको जोइन्ट फ्यामिलीमा विवाह हुदैछ भने चिन्ता नलिनुहोस। आज हामी तपाईलाई जोइन्ट फ्यामिलीमा एडजस्ट हुने केहि विशेष ट्रिक्स बताउनेछौ।

पतिबाट जानकारी लिनुहोस्:

विवाहपछि आफ्नो पतिसंग धेरै समय बिताउनुहोस्। उनीसंग परिवारको  हरेक सदस्यको नेचर जान्ने कोशिस गर्नुहोस। उनले तपाईलाई घरमा भएको नियम पनि बताउनेछन्। तपाइको  घरमा के काम र कस्तो रहनसहन हुन्छ यसको पनि जानकारी लिनुहोस्। वास्तवमा घरमा धेरैजसो झगडा काम-काज र रहनसहनको बानिलाई लिएर हुने गर्छ। यस्तैमा तपाईले घरको जानकारी पहिले नै लिनुभयो भने जोइन्ट फ्यामिलीमा एडजस्ट हुन सजिलो हुन्छ।

मित्रता:

सयुंक्त परिवारमा तपाईको उमेरको या तपाई भन्दा सानो मानिससंग मित्रता बनाउनुहोस्। जसले तपाईलाई घरको सबै मानिसको मनपर्ने र मननपर्ने सबै कुरा बताउनेछन्। यसबाहेक तपाई जुनसुकै काम गर्दै हुनुहुन्छ भने पनि उनलाई की यो सहि छ कि गलत भनेर सोध्ने गर्नुहोस । जसले गर्दा मित्रता बलियो हुन्छ र उनले तपाइको पक्षमा बोल्ने गर्छन । साथै तपाईको केहि गल्तिहरु पनि लुकाउने गर्छन। साथै तपाईलाई  मनोरंजन पनि हुन्छ र आफुलाई कम्जोर महशुस हुदैन।

आफ्नो जिम्मेवारी:

संयुक्त परिवारको सबैभन्दा ठूलो फाइदा यस्तो  हुन्छ कि त्यहाँ कामको विभाजन हुने गर्छ। तपाईलाई हरेक काममा सहयोग र सल्लाह मिल्ने गर्छ। त्यस्तै यदी तपाई बच्चाको योजना बनाउदै हुनुहुन्छ भने एक सयुंक्त परिवारमा बच्चाहरु सजिलै हुर्कन्छन्। घरमा धेरै मानिस हुदा बच्चाको रेखदेख गर्न सजिलो हुने गर्छ। त्यसैले सयुंक्त परिवारमा घुलमिल हुनको लागि तपाई आफ्नो जिम्मेवारी राम्रोसंग सम्झिनुहोस।

सबैसंग घुलमिल:

सयुंक्त परिवारको हरेक सदस्यसंग  राम्रो बोलचाल राख्नुहोस। सबैलाई मान-सम्मान दिनुहोस्। सबैलाई बराबर समय पनि दिनुहोस। .उनीहरुको हाल  सोध्नुहोस र केयर गर्नुहोस। यसो गर्दा उनीहरुले मनैदेखि तपाईलाई मनपराउछन् र हरेक समस्यामा तपाइलाई साथ दिन्छन्।

गलत कुराबाट टाढा रहने:

कसैले सुनाएको कुरामा विश्वास नगर्नुहोस। घरको हरेक सदस्यलाई तपाई आफै चिन्नुहोस कि उनीहरु कस्तो छन्। कसैले भड्काएको कुरामा विश्वास गर्नुहोस। सबैसंग राम्रो सम्बन्ध बनाएर राख्नुहोस।

प्रकाशित : बिहिबार, फागुन २७, २०७७१४:१३

उसिनेको अण्डा खाएपछि कहिल्यै नखानुहोस् यी चीज, स्वास्थ्यको हुन्छ हानिकारक