गर्भवस्था महिलाको एक विशेष अवस्था भएको कारण त्यस्तो अवस्थामा महिलाले स्वास्थ्यप्रति निकै ध्यान दिने गर्नुपर्दछ । करिब नौ महिनासम्मको अवधीमा आमाको पेटमा बच्चाको विकास कार्यको हुने हुदाँ शरीरमा परिवर्तन भएको महशुस हुन्छ । यस्तो परिवर्तनको कारणले स्वास्थ्यमा पनि असर पर्ने कारणले यस्तो अवस्थामा कस्ता समस्या हुन्छन् भन्ने बारेमा सम्भावित जानकारी लिनुपर्दछ ।
गर्भमा बच्चाको विकासकार्य भइरहदाँ देखापर्ने केहि समस्या मध्ये धेरैलाई देखापर्ने समस्या पिठ्यु वा ढाड दुख्ने समस्या हो । यस्तो समस्याको कारणले महिलाहरुमा उठ्न बस्न समेत बाधा पुगेर जीउँ भारी भएको हुन्छ । यदि यस्तो समस्या भएमा कसरी समधान गर्ने त ?
१.निन्द्रा
गर्भवस्थामा ढाड दुख्ने समस्याबाट राहत पाउनको लागी सहि तरिकाले सुत्नुपर्दछ, यो निकै महत्वपूर्ण कुरा हो । एक तर्फबाट एउटा घुडालाई मोडेर आफ्नो घुडालाई बीचमा र पेटको नजिकै लगेर सुत्नाले ढाड दुख्दैन् । त्यसैगरी निन्द्रा नपुग्दा पनि ढाड दुख्ने कारणले जहिले आवश्यक मात्रामा निन्द्रा लिने गर्नुपर्दछ ।
२.सही कपडाको छनोट
गर्भवस्थाको दौरानमा महिलाले कहिले पनि शरीरमा असर गर्ने वा टाइट कपडा लगाउन हुदैन् । टाइट कपडा लगाउनाले ब्लड सर्कुलेशनमा राम्ररी हुन पाउँदैन्, जसको कारणले मासंपेसीमा पिडा हुन्छ । त्यसैले हल्का र आफुलाई सजिलो हुने कपडा लगाउनुहोस् ।
३.भारी सामान
गर्भवस्थाको दौरानमा अधिक वजन भएको समान उठाउनु हुदैन, यदि उठाउनु छ भने बिस्तारै थारै थारै गरेर घुडा टेकेर उठाउनुहोस् । जसले गर्दा ढाड पनि दुख्दैन् भने आफू र बच्चालाई समेत असर पदैन् ।
४. व्यायाम
गर्भवस्थामा व्यायम गर्नुहदैन् भन्ने कुरा निकै गलत कुरा हो ।
धेरैले यस्तो बेलामा अधिक सुत्ने गरेका हुन्छन् जसको कारण ढाड दुख्दछ । यदि हल्ला व्यायम गर्ने, स्वीमिङ् गर्ने गरेमा ढाड दुख्दैन् । यसो गर्नाले तौल पनि ठिक्कको भई स्टे«स हुदैन् । त्यसैगरी बेलाबेलामा शरीरको मसाज गरेमा पनि ढाड दुख्ने समस्या सिर्जना हुन पाउँदैन् ।