ओलीको पेलानमा नेपाल-खनाल, ओलीले यस्तो तयारी गरेपछि खैला-बैला !

मधुसूदन रायमाझी, काठमाडौं – सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले ब्युँतिएको छ । एमालेले देशव्यापीरुपमा पार्टी कार्यालयको उद्घाटनको अभियान नै चलाएको छ । पार्टी पुनर्मिलनको वैधानिक थलो मानिएको पार्टी कमिटीको बैठक भने बस्न सकेको छैन । पार्टी ब्युँतिएपछि माओवादी केन्द्रसँग अलग भएर वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पार्टीमै फर्किसकेका छन् । पार्टी ब्युतिएसँगै खनाल–नेपाल समूहले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सरकारलाई नै बाँकी कार्यकाल निरन्तरता दिने निष्कर्षसमेत निकालिसकेका छन् । यो समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ।

खनाल–नेपाल समूहले अन्य दलसँग भन्दा पनि माओवादी केन्द्रसँग वाम गठबन्धन बनाएर जानुपर्ने निष्कर्ष निकालेको छ । पार्टी अगल–अगल भए पनि माओवादी केन्द्रले प्रधानमन्त्री ओलीलाई दिँदै आएको समर्थन कायमै राखेको छ । सर्वोच्चको फैसलापछि एमालेभित्रको पहिलो पुनर्मिलन बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा देखिए पनि पार्टीको स्थायी समिति बैठक बोलाउन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले इन्छा नदेखाउँदा खनाल–नेपाल समूह असन्तुष्ट बनेको छ । नेकपा एमालेमा पार्टी मिले पनि मन मिल्न गाह्रो भइरहेको छ ।पार्टी भंग गरेर नेकपा बनाए पनि अदालतले पुनः एमाले नै ब्युँताउने फैसला कार्यान्वयमा आइसक्दा समेत पार्टी कमिटीको बैठक नबोलाउनुलाई खनाल–नेपाल समूहले अर्थपूर्णरुपमा लिएको छ । सो समूहले आफू पक्षीय स्थायी कमिटी, केन्द्रीय कमिटी र सांसदहरुसँग परामर्श गरेर छिटो बैठक बोलाउन दबाब दिएको छ ।

तर एमालेको शीर्ष तहमा अहिलेसम्म कुनै पनि औपचारिक संवादले प्रवेश पाएको छैन । पार्टी कमिटीको बैठक बोलाउने भन्दा पनि अध्यक्ष ओली विगतमा आफूलाई साथ दिने गृहमन्त्री रामबहादुर थापालाई उपाध्यक्ष बनाउने गृहकार्यमा लाग्नुले खनाल–नेपाल पक्षलाई थप सशंकित बनाएको छ । पुस ५ गते सरकारले प्रतिनिधिसभा विघटन गरेपछि माधव नेपाल समूहले प्रचण्ड समूहलाई साथ दिएको थियो ।तर, पुस २३ गते सर्वोच्च अदातले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिँदै एमाले र माओवादी केन्द्र ब्युँतिएको फैसलाले नेपाल पक्ष नैतिक संकटमा परेको छ । प्रचण्डसँग तत्कालनका लागि सम्बन्ध विच्छेद गरेर पुरानै पार्टीमा फर्किंदा अध्यक्ष ओलीले औपचारिक संवादसमेत अगाडि बढाउनुभएको छैन ।नेपाल समूहले लगातार आफ्नो समूहको बैठक राख्दै आएको छ ।

बुधबार केन्द्रीय समिति सदस्यहरुबीच छलफल गरेको माधव पक्षले बिहीबार स्थायी समिति सदस्यहरुबीच छलफल ग¥यो । नेकपा एमालेलाई एकताबद्ध गरेर विधि, प्रणाली र पद्धतिबाट अगाडि बढाउनुपर्ने पक्षमा आफूहरु रहेको केन्द्रीय सदस्य ठाकुर गैरेले बताउनुभयो । ‘हाम्रो पार्टीको नेतृत्वमा सरकार छ, अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न छिटो बैठक बोलाएर एउटा निष्कर्षमा पुग्नुपर्छ’, उहाँले भन्नुभयो– ‘यति ठूलो नेकपा हामीले गुमायौं, फेरि एमालेको शक्ति पनि गुमाउनुपर्ने त होइन भन्ने चिन्ता पनि थपिएको छ ।’

पार्टी कार्यालय उद्घाटनसँगै ओली समूहले नेकपा दुई समूहमा विभाजित भएपछि पुनर्गठन गरी नयाँ कमिटीलाई निरन्तरता दिएपछि नेपाल पक्ष थप आक्रोशित बनेको छ ।

प्रकाशित : शुक्रबार, फागुन २८, २०७७०७:२६

“म लड्नेवाला छु, छोड्नेवाला छैन”