महिलाको भूमिकामा देखा परिसके यी बलिउडका पुरुष कलाकार !

भनिन्छ कि जब बलिउड फिल्मको सुरुवात भएको थियो तब फिल्ममा महिला काम गर्दैनथे। जसको कारण पुरुष अभिनेताले नै महिलाको भूमिका गर्नु पर्थ्यो। तर कहिलेकाँही चलचित्रमा दृश्य वा कथाको मागका कारण कलाकारहरू महिलाको रूपमा देखा पर्छन्। कलाकारहरूको लागि आफ्नो चरित्रमा केहि नयाँ र फरक देखाउन ठूलो चुनौती हुन्छ। बलिउडमा यस्ता धेरै कलाकार छन् जसले पुरुष भएर पनि महिलाको रूपमा देखा परेका छन्। आज हामी तपाईंलाई यस्तै केहि कलाकारको बारेमा बताउँछौं…..

शमी कपूर 

यस सूचिमा पहिलो नाम दिग्गज अभिनेता शम्मी कपूरको छ। यी अभिनेताले महिलाको भूमिका निभाएर धेरै दर्शकको मन जितेका थिए। सन् १९६३ मा आएको फिल्म ‘ब्लफ मास्टर’ मा शमी कपूरले महिलाको रोल गरेका थिए।

गोबिन्दा 

अभिनेता गोबिन्दा कुनै पनि चरित्र राम्रोसँग निभाउने सक्ने अभिनेतामा पर्छन्। उनले बलिउड स्क्रीनमा महिलाको भूमिका पनि निभाइसकेका छन्। गोविन्दका फिल्महरूका धेरै दृश्यहरू छन् उहाँ उनी महिलाको भेषमा देखा परेका छन्, जस्तै: राजा बाबु, आन्टी नम्बर १।

आमिर खान 

मिस्टर पर्फेक्सनीस्ट नामले परिचिर आमिर खान महिलाको भूमिकामा पनि देखा परिसकेका छन्। फिल्म ‘बाजी’ को ‘डोले डोले दिल’ गीतमा, आमिर एक महिलाको रूपमा देखा परेका थिए। त्यस्तै, उनी टाटा स्काई र कोका कोलाको विज्ञापनमा पनि उनी महिला पात्रको रूपमा देखा परेका छन्।

सलमान खान 

बलिउडका दबंग सलमान खानले पनि पर्दामा महिलाको भूमिका निभाएका छन्। उनले ‘जान-ए-मन’ मा केहि समयका लागि महिलाको भूमिका निभाएका थिए। यस फिल्मा सलमानका साथै अक्षय कुमार र प्रिती जिन्टा प्रमुख पात्रका रूपमा थिए। फिल्म २००६ मा रिलीज भएको थियो।

श्रेयस तलपडे 

अभिनेता श्रेयस तलपडेको नाम पनि महिलाको भूमिका देखा पर्ने कलाकारमा आउँछ। फिल्म ‘पेयिंग गेस्ट’ मा श्रेयसले महिलाको भूमिका निभाएका थिए। उनको यो भूमिका दर्शकलाई खुब मन परेको थियो।

कमल हसन 

अभिनेता कमल हसन फिल्म ‘चाची ४२०’ मा महिलाको रोलमा देखा परेका थिए। उनले यो भूमिका निकै राम्रोसँग निभाएका थिए र दर्शकले पनि उनको कामलाई अत्यन्त मन पराएका थिए।

प्रकाशित : शनिबार, फागुन २९, २०७७१९:३२

‘नागिन’ बन्ने होडमा छन् यी आधा दर्जन भन्दा बढी अभिनेत्री, कसले पाउँला मौका ?