अर्डर क्यान्सिल गरेपछि डेलिभर ब्वायले यी मेकअप आर्टिस्टको बनाए यस्तो हालत!

बेंगलोर शहरबाट एक अचम्मलाग्दो घटना बाहिरिएको छ। यहाँ अनलाइन फुड अर्डर गर्ने जोमेटो कम्पनिको डेलिभरी ब्वायले अर्डर क्यान्सिल गरेपछि एक वर्किङ्ग महिलामाथि ह-मला गरेका छन्। डेलिभरी ब्वायले  महिलाको नाकमा मुक्का हान्दा उनको नाकको हड्डी फुटेको छ। पिडित महिलाको अनुसार उनीमाथि यो घटना मंगलबार राती भएको थियो।

बेंगलोरमा बस्ने हितेशा चन्द्रनि डिजाइनर तथा मेकअप आर्टिस्ट हुन्। हितेशाले सोशल मिडियामा एक भिडियोमार्फत बताएकी छिन्  कि उनको साथ जोमेटो डेलिभरी ब्वायले कुटपिट गरे । जो मंगलबार उनको घरमा लन्च डेलिभर गर्न आएका  थिए।

फुड अर्डर गरेको १ घण्टासम्म नआएपछि हितेशाले कस्टमर केयरमा फोन गरेर अर्डर क्यान्सिल गरेकी थिइन्। तर यसको केहि समयमा नै डेलिभरी ब्वाय आए र हितेशाले अर्डर लिन मनाही गरिन। हितेशाले अर्डर क्यान्सल गरेपछि उनीहरु  दुइबीच विवाद उत्पन्न भयो र ति युवकले उनको अनुहारमा बेस्सरी मुक्काले  हा-नेर त्यहाँबाट भागे  ।

हितेशाले सामाजिक संजालमा शेयर गरेको भिडियो निकै भाइरल भैरहेको छ। यो भिडियो बाहिरिए पछि जोमेटो कम्पनिले हितेशासंग माफी मागिसकेको छ। साथै उनलाई छिट्टै सम्पर्क गरेर मेडिकल उपचार पनि गर्ने बताएको छ।

प्रकाशित : आइतबार, चैत ०१, २०७७१५:४९

बाबुरामले भने – “हामी कसैको पुच्छर होइनौं”