धेरै मान्छेको मनमा सुई लगाउने डर बाल्यकालदेखि नै हुन्छ । हालै निस्किएको निष्कर्षबाट मान्छेहरु कोभिड -१९ भ्याक्सीन लिन आनाकानी गरिरहेका थिए । मेडिकल जगतमा यसलाई ट्राइपोफोबिया, नीडल फोबिया वा फीयर अफ नीड्ल्स भनिन्छ ।
नीडल फोबिया भनेको के हो?
जसलाई सुई लगाउन डर लाग्छ, उनीहरुले सुई लगाउनबाट बच्न जे पनि गर्छन् । धेरैजसो मान्छे सुईको सट्टा औषधि खान मन पराउँछन् । विज्ञको अनुसार यो एक ग-म्भीर समस्या हो । किनकी यसले बिरामीको उपचारमा प्रभावित पर्छ । उदाहरणको लागि कोभिड १९ को भ्याक्सिनको मिशनलाई नै लिन सकिन्छ । विभिन्न प्रकारको जाँचको लागि रक्त नमुनाहरु चाहिन्छ । जो मान्छे निडल्स फोबियाबाट पिडित हुन्छन, उनीहरुको रक्त नमुना जम्मा गर्न गाह्रो हुन्छ । यसरी नै कन्ट्रासेप्टिभ इंजेक्शन्स , इंम्प्लांट्स र डेंटिस ट्रीटमेंट्स बाहेक डायबिटीजमा रेगुलर ब्लड शुगर जाँचको लागि सुईको प्रयोग हुन्छ, यस्तो स्थितिमा बिरामीको हरेक उपचारमा प्रभाव पर्छ ।
सुईको डरबाट कसरी बच्ने?
विज्ञको अनुसार कुनै पनि व्यक्तिलाई ‘सुई त हो, नडराउ’ भनेर उसको डर कम हुदैन। यसको लागि मानसिक स्तरमा उसलाई सहयोग गर्नुपर्छ । यसरी नै तपाईले व्यक्तिगत स्तरमा केहि प्रयास गर्न सक्नुहुन्छ, जसले नीडल फोबिया विस्तारै कम हुन सक्छ । जस्तै:
- सुई लगाउनुभन्दा पहिला पटकपटक सुईको बारेमा नसोच्नुहोला । डाक्टर वा नर्सले सुईको तयारी गरेको समयमा त्यसतर्फ नहेर्नुहोला।
- ध्यान गर्न सिक्नुहोला । यसले सुई लगाउने समयमा आफ्नो सासलाई नियन्त्रण गर्ने कला याद आउँछ । यो डरलाई कम गर्ने एक राम्रो तरिका हो ।

