बाबुरामले भने – “हामी कसैको पुच्छर होइनौं”

काठमाडौँ – जनता समाजवादी पार्टी(जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफूहरु कसैको पुच्छर नबन्ने बताएका छन्। शनिबार एक ट्वीट गर्दै भट्टराईले जसपा कसैको पुच्छर नबन्ने बताएका हुन्।

सर्वोच्च अदालतको निर्णयसँगै नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूँतिएपछि सत्ता समिकरणमा जसपाको महत्व बढेको छ। जसपालाई सरकारमा सामेल गराउन प्रधानमन्त्री केपी शर्मा ओली पक्षले लगातार प्रयास गरिरहेको छ।

त्यस्तै माओवादी र नेपाली कांग्रेसले पनि ओली सरकार ढाल्न र नयाँ सरकार बनाउन जसपाको साथ खोजिरहेको छ। सत्ता समिकरणमा सत्ता समिकरणका लागि जसपा तानातानमा परिरहेका बेला भट्टराईको यस्तो अभिव्यक्ति आएको हो।

भट्टराईले जसपा आफैं देशको नेतृत्व गर्न सक्ने शक्ति रहेको बताउँदै केहि कुराहरु बारे स्पष्ट हुन पनि आग्रह गरेका छन्। जसपा तासको जोकर वा सत्तारूपी जुवाको खालको च्याँखे दाउ थाप्ने खेलाडी नभएको उनको भनाई छ। भट्टराईले जसपा गणतन्त्र,.संघीयता,धर्मनिरपेक्षता र समावेसी लोकतन्त्र विरूद्ध कसैसँग सम्झौता गर्ने पार्टी नरहेको पनि स्पष्ट पारेका छन्।

“जसपाबारे जान्नैपर्ने कुरा:१.यो तासको जोकर वा सत्तारूपी जुवाको खालको च्याँखेदाउ थाप्ने खेलाडी हैन;बरू परम्परागत राजनीतिको अग्रगामी विकल्प हो!२.गणतन्त्र,.संघीयता,धर्मनिरपेक्षता र समावेसी लोकतन्त्र विरूद्ध कसैसंग सम्झौता गर्दैन;३.यो कसैको पुच्छर हैन,आफै देशको नेतृत्व गर्ने शक्ति हो।”,भट्टराईले ट्वीट गर्दै भनेका छन्।

प्रकाशित : आइतबार, चैत ०१, २०७७१६:११

खोप लगाएका ज्येष्ठ नागरिक भन्छन् – ‘अब त धेरै बाँचिन्छ’