काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज कोरोनाभाइरस विरुद्धको खोप लगाउने भएकी छन्। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा रहेको खोप केन्द्रमा राष्ट्रपतिले कोरोना भाइरस विरुद्धको खोप लगाउने भएकी हुन्।
स्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रपति भण्डारीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा रहेको खोप केन्द्रमा अपरान्ह ४ बजे खोप लगाउने कार्यक्रम रहेको छ। यसअघि फागुन २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले पनि कोरोना भाइरस विरुद्धको खोप लगाइसकेका छन्।
नेपालमा अहिलेसम्म १५ लाखभन्दा बढी मानिसले कोरोनाविरुद्धको खोप लगाइसकेका छन्। हाल ६५ वर्षमाथिका नागरिकलाई खोप लगाउने कार्यक्रम चलिरहेको छ भने चैत ४ गतेदेखि ५५ वर्षभन्दा माथि ६४ वर्षभन्दा मूनिका नागरिकलाई खोप लगाउने कार्यक्रम रहेको छ।

