ओली नेपालको चक्रवर्ती बादशाह बन्ने बाबुरामलाई डर !

काठमाडौँ – जनता समाजवादी पार्टी(जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री तथा नेकपा एमालेक अध्यक्ष केपी शर्मा ओलीलाई सद्दाम हुसेन, पर्वेज मुसर्रफ, हुन सेन स्टाइलसँग दाँजेका छन्।

मंगलबार राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा ओलीले देशमा निर्वाचनको आवश्यकता रहेको बताएपछि भट्टराईले ओलीलाई सद्दाम हुसेन, पर्वेज मुसर्रफ, हुन सेनसँग दाँजेका हुन्। ओलीले राज्यका सबै अंग र साधनस्रोत कब्जा जमाएको आरोप पनि भट्टराईले लगाएका छन्।

चक्रवर्ती बादशाह बनिरहने सपनाबाट ओली पछि हट्ने छाँटकाँट नदेखिएको कारण ओलीलाई बिदा गर्न बितिसकेको भट्टराईको भनाई छ । ओलीलाई बिदा गर्न ढिला गरिए इतिहाँसले कसैलाई माफ नगर्ने पनि भट्टराईले बताएका छन्।

भट्टराईले ट्वीट गर्दै यसो भनेका छन् –

राज्यका सबै अंग र साधनस्रोत कब्जा गर्ने अनि सद्दाम हुसेन, पर्वेज मुसर्रफ, हुन सेन स्टाइलको चुनाव गराएर आफू चक्रवर्ती बादशाह बनिरहने सपनाबाट ओली पछि हट्ने कुनै छाँटकाँट नदेख्दा पनि उनलाई छिटो बिदा गर्न र लोकतन्त्र÷संविधानको रक्षा गर्न चुक्यौं भने हामी कसैलाई इतिहासले माफ गर्ने छैन है !’

 

प्रकाशित : बुधबार, चैत ०४, २०७७१०:२५

अमेरिकाको एटलान्टामा गोली चल्यो, आठ जनाको मृत्यु