जलेको ठाउँमा निशान नबसोस् भन्ने चाहनुहुन्छ भने गर्नुहोस् यस्ता घरेलु उपाय

प्राय: भान्सामा काम गर्दा राम्रोसँग ध्यान नदिँदा हात वा अन्य कुनै अंग जल्न सक्छ। यस्तोमा जलेको घाउको पीडा सहनशीलताको बाहिरको हुन्छ। महिलाहरुले यस्तो समयमा बर्फको टुक्रा, चिसो पानी वा टुथपेस्ट लागाइदिन्छन्। तर यस्ता उपायले केहि समयको लागि मात्र जलनबाट छुटकारा दिन्छ। यसको दाग भने सधैं रहन्छ। आज हामी तपाईंलाई यस्तो उपायको बारेमा बताउँछौं जसले जलनको दाग मेटाउन मद्दत गर्छ। जान्नुहोस् यसको बारेमा…..

  • जलेको ठाउँमा आलु वा आलुको बोक्रा राख्नुहोस् किनभने यसले जलनको उत्तेजनालाई कम गर्छ र शीतलता प्रदान गर्छ। यसो गर्नाले जलनको निशान बस्दैन।
  • जलेको ठाउँमा कालो तील पिसेर लगाउनुहोस्। यसले पनि दाग बस्न दिँदैन।

  • जलेको ठाउँमा तुरुन्त बेसार पानी लगाउनुहोस् जसले पीडा कम गर्नुका साथै निशान पनि बस्न दिँदैन।
  • जलेको स्थानमा तुरुन्तै चिसो पानी हाल्नुहोस् ताकी उक्त ठाउँमा फोका बन्न नसकोस् र निशान नबनोस्।

  • जलेको ठाउँमा तुलसीको पातको रस लगाउँदा पनि दाग बस्दैन।
  • जलेको ठाउँमा मेथी भिजाएर पिसेको लेप लगाउँदा पनि जलन हुँदैन र फोका उठ्दैन। साथै यसको निशान पनि बस्दैन।
प्रकाशित : बुधबार, चैत ०४, २०७७१९:३५

भारी झुम्काले कानमा हुने दुखाइबाट बच्न अपनाउनुहोस यस्तो उपाय!