“काठमाडौँ फर्किएलगतै पहिलो काम केपी हटाउने”

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट जसरी पनि हटाउन आफू लागिपरेको बताएका छन्।

बुधबार सिन्धुली पुगेका प्रचण्डले बिहिबार बिहान एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा प्रचण्डले ओलीलाई जसरी पनि प्रधानमन्त्रीबाट हटाउन आफूहरु लागिपरेको बताएका हुन्।

प्रचण्डले आफूहरुको साथमा जनता र ओलीको साथमा प्रतिक्रियावादी रहेको आरोप लगाए। संसद विघटन गर्दा ओलीको कदमलाई असंवैधानिक भन्नेहरुबीच हुने एकताले नै ओलीलाई हटाउने प्रचण्डको दावी छ। आफू काठमाडौँ फर्किएलगतै ओलीलाई हटाउने प्रचण्डले चेतवानी दिए।

प्रचण्डले भने,”जे गरेर भए पनि केपीलाई हटाउन लागिएको छ। एकातिर केपी अर्कोतिर हामी भएका छौँ । हाम्रो पछि जनता छन् केपीका पछाडि प्रतिक्रियावादी छन् । तत्काल जसरी पनि केपी हटाउने हो । हिजो केपीको कदमलाई असंवैधानिक भन्नेहरुबीच एकता गरेर केपी हटाउने हो । काठमाडौं पुग्नेबित्तिकै गर्ने काम त्यही हो ।”

त्यस्तै प्रचण्डले ओलीलाई सत्तामा टिकाउन संसारभरका ठूला शक्ति लागेको पनि बताएका छन्। आफूले संविधान जारी गर्ने समयमा पनि त्यस्तै भएको प्रचण्डले बताए।

“संसारभरका ठूला शक्ति लागेका छन् । मैले उनीहरुलाई भनेअनुसार गरिनँ । मैले संविधान जारी नगर भन्दा मानिनँ त्यही भएर उनीहरुले मलाई रुचाएका छैनन् ।”,उनले भने।

ओलीलाई समयमै नचिनेर आफूले गल्ती गरेको प्रचण्डले बताए। उनले भनेम,”केपी ओलीलाई चिन्न गल्ती भयो । फटाहा जाली झेली रहेछन्। केपी ओलीको मनभित्र पस्न सकिएन ।”

प्रकाशित : बिहिबार, चैत ०५, २०७७१०:२४

काभ्रे केन्द्रबिन्दु भएर भूकम्प, काठमाडौँमा पनि धक्का !