चाडपर्वको बेला प्राय: महिलाहरु ट्रेडीशनल ड्रेस लगाउछन्। कपडा जस्तै साधारण भएपनि उनीहरु झुम्का लगाउन मन पराउछन्। भारी झुम्का देख्दा निकै सुन्दर देखिन्छ। धेरैजसो मान्छेलाई लामो समयसम्म झुम्का लगाउदा कानमा पिडा हुन्छ। कसैको भने कान पाक्छ।
यदी तपाईलाई भारी झुम्का लगाउनाले समस्या हुन्छ वा पीडा हुन्छ भने सानो-सानो कुरालाई ध्यान राखेर कानको पीडाबाट यसरी बच्न सकिन्छ।
क्रिम या तेल:
भारी झुम्का लगाउनुभन्दा पहिला कानमा क्रिम वा तेल लगाउनुहोला। यसले कानको छालालाई मुलायम बनाउछ र झुम्का लगाउदा कानमा पीडा हुदैन। यसरीआफ्नो कानमा हेभी झुम्का लगाउन सक्नुहुन्छ।
लगातार झुम्का लगाउनबाट बच्ने:
चाडपर्वको समयमा वा विहेको समयमा धेरै समयसम्म झुम्का लगाउदा निकै पीडा हुन्छ। यस पीडाबाट बचनको लागि धेरै भारी झुम्का नलगाउनुहोला। हल्का खालको झुम्का लगाउनुहोस,जसले तपाईलाई आराम मिल्छ।
धेरै समयसम्म भारी झुम्का नलगाउने:
समारोहमा भारी झुम्का नै लगाउनुपर्छ भन्ने पनि छैन। फोटो खिचेपछि हल्का खालको झुम्का लगाउन सक्नुहुन्छ र भारी झुम्का खोल्न सक्नुहुन्छ। यसरी तपाईको कानमा पीडा हुदैन।
सिक्री भएको झुम्का किन्नुहोस:
भारी झुम्का किन्दा सिक्री भएको किन्नुहोस । झुम्काको भार कम गर्नको लागि सिक्रीको प्रयोग गर्न सक्नुहुन्छ र यसले पिडा पनि हुदैन्।

