फाटेको जीन्स लगाएपछि ट्रोल भइन् कंगना, भिखारी जस्तो देखियो भन्दै दिइयो यस्तो सुझाव !

बलिउड अभिनेत्री कंगना रानावतले हालै एक ट्वीट गर्दै आजकलका युवाहरूलाई जीन्स लगाउने सहि तरिका सिकाएकी छिन्। कंगना सोशल मिडियामा धेरै सक्रिय रहन्छिन् र प्रायः जसो मुद्दामा आफ्ना विचार राख्छिन्। कंगनाले आफ्नो ट्वितमा भनेकी छिन् कि रिप्ड जीन्स लगाउँदा यस्तो नहोस् कि तपाईं भिखारी नदेखियोस्। अभिनेत्रीले आफ्ना धेरै फोटोहरू साझा गरेर आफ्ना विचारहरू साझा गरेकी छिन्।

 

कंगनाले आफ्नो जीन्स लगाएको थुप्रै फोटो साझा गर्दै लेखेकी छिन्,”यदि तपाईं रिप्ड जीन्स लगाउन चाहनुहुन्छ भने मौसमको हिसाबले शीतलता कारकलाई ध्यानमा राख्नुहोस्, जास्तो यी तस्बीरमा देखिएको छ; ताकी यो तपाईंको शैली जस्तो देखियोस न कि यसले तपाईंको भिखारीको जस्तो हालतलाई प्रतिबिम्ब गरोस्। आजभोलिका अधिकांश युवा केटाहरू त्यस्तै गरिरहेका छन्।”

कंगना प्राय: जसो समय सरीमा नै देखिन्छिन्। उनका धेरै जसो तस्वीरहरू साडीमा हुन्छन्। यद्यपि वर्कफ्रन्ट वा अन्य अवसरहरूमा उनी प्रायः जीन्समा वा अन्य कुनै पोशाकमा देखिन्छिन्।

कंगना केहि समयअघि मात्र मुम्बई पुलिस कमिश्नर रमवीर सिंहको बारेमा दिएको बयानका कारण निकै चर्चामा थिइन्।

प्रकाशित : बिहिबार, चैत ०५, २०७७१८:१५

दर्शकलाई फिटिक्कै मन परेका थिएनन् यी बलिउड जोडी !