यातायात व्यवसायीहरुले भने “भाडा नबढाए गाडी थन्क्याउँछौँ”

काठमाडौँ – यातायात व्यवसायीहरुले सार्वजनिक सवारी साधनको भाडा बढाउन माग गरेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले बिहिबार सरकारलाई ज्ञापनपत्र बुझाएर भाडा बढाउन माग गरेको हो।

पेट्रोलियम पदार्थको मूल्य वृद्धिका आधारमा भाडा समायोजन गर्न महासंघको माग छ। महासंघका अधिकारीहरुले भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङलाई ज्ञापन पत्र बुझाएका छन्।

महासंघले चैतको तेस्रो साताभित्र भाडा समायोजन गर्न सरकारसँग माग गरेको छ। त्यस्तो नगरिएमा गाडी नचलाउने चेतवानी महासंघको छ।त्यस्तै २० वर्ष अवधि पुगेका सार्वजनिक साधनहरुलाई म्याद थप गरी सञ्चानलको अनुमति दिन पनि माग गरेको छ।

महासंघले वैकल्पिक व्यवस्था नभएसम्मका लागि २० वर्षे अवधि पुगेर पनि हाल सञ्चालन भइरहेका सवारी साधनहरुलाई म्याद थप गरी सञ्चालन गर्ने व्यवस्था गरिदिन सरकारलाई आग्रह गरेको हो। प्राविधिक चेकजाँचको आधारमा सञ्चालन गर्ने व्यवस्था गरिनुपर्ने महासंघको माग छ।

प्रकाशित : बिहिबार, चैत ०५, २०७७१७:४८

४३ अङ्कले बढ्यो नेप्से, कारोवार रकमका आधारमा नेपाल बङ्गलादेश बैंक शीर्ष स्थानमा !