चीनको एक कलेजबाट एउटा स्तब्ध पार्ने घटना बाहिर आएको छ। युआन प्रान्तको कृषि व्यावसायिक कलेजका विद्यार्थीले शौचालयमा बच्चा जन्म दिइन्। अझ अचम्मको कुरा के छ भने, बच्चा जन्माएपछि उनी चुपचाप कक्षामा गएर चुपचाप बसिन्। उनले यस बारे कसैलाई पनि केहि भनिनन्।

कलेजमा अन्य विद्यार्थीहरुले उक्त बच्चा रोएको सुनेपछि मात्र यो घटना उजागर भयो। यस्तो अवस्था देख्नासाथ उनीहरुले तत्काल कलेजका कर्मचारीहरुलाई खबर गरे। जसपछि कलेजका कर्मचारीहरूले उक्त बच्चालाई शौचालयको पटबाट बाहिर निकालेर एम्बुलेन्सको सहयोगले तुरून्त अस्पताल पुर्याए। बच्चाको अवस्था अहिले स्थिर रहेको बताइएको छ।
बच्चालाई जन्म दिने महिलाको बारेमा बताइएको छ कि उनले आफ्नो गर्भावस्थाको बारेमा आफ्नो रूम पार्टनरलाई पनि लुकाएकी थिइन्। त्यस्तै, कलेजका शिक्षक तथा अन्य विद्यार्थीहरुलाई पनि यसको बारेमा कुनै पत्तो नै थिएन। उक्त महिला पछिल्लो केहि समयबाट आफ्ना सबै साथीहरुसँग टाढा भएकी थिइन्। उनी कक्षामा पनि धेरै आउने गर्दिनथिन्।

