आज मेघगर्जन-हावाहुरीसहित पानी पर्ने, भोलि र पर्सि के होला ?

काठमाडौँ – देशभर आज आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा अपराह्नपछि मेघगर्जन र हावाहुरीसहित वर्षा हुने भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार स्थानीय वायु र पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा अपराह्नपछि मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

बिहानपख घाम लागे पनि दिउँसोदेखि स्थानीय वायु सक्रिय भई पहाडी भूभागमा पानी पर्ने सम्भावना देखिएको हो । हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा अपराह्नपछि मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १० दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २७ दशमलव पाँच डिग्री सेल्सियस छ ।

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम दुई दशमलव पाँच डिग्री र सबैभन्दा धेरै दिपालयको अधिकतम तापक्रम ३५ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

चैत्र ०६ गते (शुक्रबार)

दिउँसो : देशभर आंशिक देखी सामान्य बदली रहि पहाडी भू-भागको थोरै स्थानमा अपरान्ह पछि मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर आंशिक देखी सामान्य बदली रहि पहाडी भू-भागको थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

चैत्र ०७ गते (शनिबार)

दिउँसो : देशभर आंशिक देखी सामान्य बदली रहि पहाडी भू-भागको थोरै स्थानमा अपरान्ह पछि मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर आंशिक देखी सामान्य बदली रहि पहाडी भू-भागको थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

चैत्र ०८ गते (आईतबार)

दिउँसो : देशको पहाडी भू-भागहरुमा आंशिक बदली रहनेछ। पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : देशको पहाडी भू-भागहरुमा आंशिक बदली रहनेछ। प्रदेश १ को पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित : शुक्रबार, चैत ०६, २०७७०९:५०

भोलि नेपालमै पहिलो पटक रकेट परीक्षण प्रक्षेपण गरिँदै !