आजैबाट छाड्नुहोस् उठ्ने बित्तिकै कफी पिउने बानी, अन्यथा हुनसक्छ यस्ता खतरनाक समस्या !

शारीरिक थकान कम गर्न होस् या आदतको रुपमा होस् मानिसहरु आफुलाई सन्तुष्ट पार्नका लागि चिया या कफीको सेवन गर्ने गर्छन। आवश्यक मात्रामा सेवन गर्न सकेको खण्डमा कफिले स्वास्थ्यमा नसोचेको फाइदा पुर्याउछ। कफी स्वास्थ्यका लागि अत्यन्तै फाइदाजनक पेय पदार्थ हो। प्राय: जासो मानिस बिहान उठ्ने बित्तिकै फ्रेश हुनको लागि कफी पिउने गर्छन्। तर यस्तो गर्नु गलत हो। बिहान कफी पिउने सबैभन्दा उत्तम समय भनेको ९:३० देखि ११:३० सम्मको समय हो।

आज हामी तपाईंलाई बिहान उठ्ने बित्तिकै कफी पिउनुका बेफाइदाको बारेमा बताउँछौं।

निद्रा सम्बन्धि समस्या

कतिपय मानिसको लागि कफी वेक-अप ड्रिंक हुन्छ। तर यदि तपाईंले उठ्ने बित्तिकै यसको सेवन गर्नुभयो भने यसले उल्टो प्रतिक्रिया दिन सक्छ। क्याफिनले स्ट्रेस हार्मोनको स्तरलाई दोब्बर पार्छ जसले निद्रा सम्बन्धि सामस्या निम्त्याउछ, जसको कारण शरीरमा थकान महसुस हुन्छ।

शरीरको भिटामिन, खानिग गुमाउनु 

बिहान सबेरै नियमित रूपमा कफी पाउँदा तपाईंले शरीरको लागि धेरै आवश्यक भिटामिन र खनिजहरू छिटै गुमाउन सक्नुहुन्छ। यसले आइरन, म्याग्लेशीयम र बी भिटामिनको अवशोषणलाई रोक्न पनि सक्छ जुन हाम्रो स्नायु प्रणालीको लागि महत्त्वपूर्ण हुन्छ। धेरै क्याफिनको सेवनले तपाईंको हड्डी पनि कमजोर बनाउन सक्छ।

पेट सम्बन्धि समस्या 

बिहान उठ्ने बित्तिकै कफीको सेवन गर्नाले पेट सम्बन्धि समस्या पनि निम्त्याउन सक्छ। कफिले हाम्रो स्नायु प्रणालीलाई सक्रिय पार्छ, जसले कोलोनलाई असर गर्छ र पखाला लाग्ने समस्या पनि हुनसक्छ। धेरै व्यक्तिलाई कफीमा दूध वा क्रीम थप्न मन पर्छ। तर हामीमध्ये धेरैलाई ल्याक्टोज पचाउन कठिनाई हुने भयकोले यसले पेट सम्बन्धि समस्या पनि निम्त्याउन सक्छ।

वजन बढ्नसक्छ 

कालो कफीले तपाईंलाई बोसो जलाउन मद्दत गरेपनि यसले तपाईंको निन्द्रा बिगार्न सक्छ। यदि तपाईंले पर्याप्त निन्द्रा प्राप्त गर्नु भएन भने धेराओ भोक लग्न सुरु हुन्छ र तपाईं धेरै खाना खान सुरु गर्नु हुन्छ। कतिपय कफीमा उच्च सुगर र क्यालोरी हुन्छ जसको सेवनले तपाईंको वजन बढ्न सुरु हुन्छ।

सुख्खा छाला 

कफीको सेवनले तपाईंले टोइलेटको प्रयोग धेरै गर्न सुरु गर्नुहुन्छ, जसको कारण तपाईंको शरीरलाई डिहाइड्रेट्स हुन्छ। जब तपाईं डिहाइड्रेटेड हुन्छ, तपाईंको शरीरबाट विषाक्त पदार्थहरू बाहिर निस्कन गाह्रो हुन्छ। जसको फलस्वरूप छालालाई सुख्खा हुन्छ र विभिन्न छाला सम्बन्धि समस्या देखा पर्न थाल्छ।

प्रकाशित : शुक्रबार, चैत ०६, २०७७१८:१५

शरीरको बोसो कम गर्न नियमित गर्नुहोस् यस्तो योगासन, केहि दिनमै देखिनेछ यसको असर !