यस्तो धेरै पटक हुन्छ कि हामी बाहिर कतै जाँदा बाटोमा पैसा भेट्छौ । यधपी प्राय मान्छेले भेटेको पैसालाई टिप्छन, भने कसैले त्यो पैसालाई नदेखेको जसरी हिड्छन्। के तपाईलाई थाहा छ हिन्दु धर्म अनुसार पैसालाई लक्ष्मीको प्रतिक मानिन्छ? यसरी पैसालाई नदेखेको जसरी हिड्दा लक्ष्मीको अपमान गरेको मानिन्छ।

घरबाट बाहिर जाने समय, घरमा फर्किने क्रममा,नोट भेट्नु वा सिक्का भेट्नु सबैको छुट्टाछुट्टै महत्त्व हुन्छ। यदि तपाईले घरबाट कतै जाने क्रममा पैसा भेट्नुहुन्छ भने त्यो पैसालाई अफिस वा कामकाज गर्ने ठाउँमा राख्नुहोला। यो पैसालाई खर्च नगर्नुहोला।
यदि तपाईले घरमा फर्किने क्रममा पैसा भेट्नुहुन्छ भने शास्त्र अनुसार यो पैसालाई बचत गर्ने ठाउँमा राख्नुहोला। तर त्यो पैसाले अरु बचत गरेर राखिएको पैसालाई छुने गरी नराख्नुहोला । यसको कारण यो हो कि अचानक भेटेको पैसालाई आफुले कमाएको धनसँग राख्दा खर्च हुन्छ। यसलाई तपाईले खर्च नगरी डायरीमा राख्न सक्नुहुन्छ । यस्तो गर्दा तपाईमा सँधै लक्ष्मीको कृपा मिलिरहन्छ र तपाईको घरमा धन सम्पन्नता आउनेछ।

