हप्ताको पहिलो दिन नै बढ्यो सुनको मूल्य !

काठमाडौँ – हप्ताको पहिलो दिन नै आज सुनको मूल्य बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ सय रुपैंयाँले बढेको हो।

नेपाली बजारमा आज छापावाला सुन प्रतितोला ८७ हजार २ सय र तेजाबी सुन प्रतितोला ८६ हजार ७ सय ५० रुपैंयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

गत हप्ता सुनको मूल्य

गत हप्ता छापावाला सुन ८६ हजार ६ सय देखि ८७ हजार २ सय रुपैंयाँ सम्ममा कारोबार भयो। त्यस्तै तेजाबी सुन भने ८६ हजार १ सय ५० देखि ८६ हजार ७ सय ५० रुपैंयाँमा कारोबार भएको थियो।

गत आइतबार, सोमबार र मंगलबार छापावाला सुनको मूल्य ८६ हजार ६ सय, बुधबार ८६ हजार ९ सय, बिहिबार ८७ हजार २ सय र शुक्रबार ८६ हजार ७ सय रुपैंयाँ थियो।

त्यस्तै तेजाबी सुनको मूल्य गत आइतबार, सोमबार र मंगलबार ८६ हजार १ सय ५०, बुधबार ८६ हजार ४ सय ५०, बिहिबार ८६ हजार ७ सय ५० र शुक्रबार ८६ हजार २ सय ५० थियो।

चाँदीको मूल्य

आज चाँदीको मूल्य पनि बढेको छ। तोलामा रु ५ ले बढेसँगै चाँदीको मूल्य नेपाली बजारमा १२ सय ८० कायम भएको छ।

प्रकाशित : आइतबार, चैत ०८, २०७७११:०५

चालीस वर्षपछि जेलबाट छुटेका दुर्गाप्रसाद काँकडभिट्टा आइपुगे, आमालाई भेट्न आतुर !