काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली विदेशी शक्ति ले हुर्काएको व्यक्ति रहेको आरोप लगाएका छन्।
५६ औं अन्तर्राष्ट्रिय जाति भेद उन्मुलन दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा प्रचण्डले ओलीलाई विदेशी शक्तिले हुर्काएको आरोप लगाएका हुन्।
संविधान सिध्याउन सक्ने, गणतन्त्र सिध्याउन सक्ने, सबै उत्पीडित वर्ग, जाती, क्षेत्र, लिंग र समुदायलाई उनीहरूका हक अधिकारलाई सिध्याउन सक्ने, पहाडिया उच्चजातीय अहंकारवादको प्रतिनिधि र विदेशीका अगाडि राम्रै लम्पसार पर्न सजिलै सक्ने ओली नै रहेको आरोप प्रचण्डले लगाए। संघीय लोकतान्त्रिक गणतन्त्रलाई नाश गर्न सक्ने पात्रका रूपमा ओलीलाई विदेशी शक्तिहरुले साथ दिएको प्रचण्डको आरोप छ।
प्रचण्डले भने,”यो संविधान पनि सिध्याउन सक्ने केपी ओली नै रहेछ, गणतन्त्र सिध्याउन सक्ने, सबै उत्पीडित वर्ग, जाती, क्षेत्र, लिंग र समुदायलाई उनीहरूका हक अधिकारलाई सिध्याउन सक्ने, पहाडिया उच्चजातीय अहंकारवादको प्रतिनिधि र विदेशीका अगाडि राम्रै लम्पसार पर्न पनि सजिलै सक्ने, २०/२५ वर्षदेखि विदेशीहरूले हुर्काएको, पालित पोषित को हो भन्दै हेर्दै जाँदा सबैले केपी नै देखियो भनेका छन्। संघीय लोकतान्त्रिक गणतन्त्रलाई नाश गर्न सक्ने पात्रका रूपमा केपीजीलाई साथ लिएका छन्। कति दिनलाई लिन्छन् मलाई थाहा छैन।”
हाल नेपालमा दुई धार रहेको पनि प्रचण्डले बताए। माओवादी आन्दोलनले पैदा गरेको समावेशी समानुपातिक मान्यतालाई निस्तेज पार्न चाहनेहरुले ओलीलाई साथ दिरहेको प्रचण्डले आरोप लगाए। संविधान निस्तेज पार्न सकने व्यक्तिको रुपमा विदेशी प्रतिक्रियावादीहरुले ओलीलाई पहिचान गरेर सहयोग गरिरहेको ओलीको आरोप छ।

