अध्ययनले निकाल्यो यस्तो तथ्य अभिभावकका लागि प्रिय हुन्छन घरका यी सन्तान, हेर्नुहोस

बिगत्  लामो समयदेखि बिशेष बहस र चर्चाको बिषय बन्दै आइरहेको बिषय घरमा माता पिताका लागि सबै भन्दा मन पर्ने सन्तान कुन हुन्छ भन्ने, हुन त आमा बाबाको लागि सबै सन्तान उतिकै हुन् तर पनि हालैको एक अध्ययनका अनुसार परिवारका अन्य सन्तानको तुलनामा सबैभन्दा कान्छो र सानो बच्चा माता पिताको बढी प्यारा र प्रिय हुने तथ्य निकालेको छ।

एक सर्वेक्षण अनुसार अधिकांशले जेठो या अन्य सन्तान भन्दा सानो सन्तानसंग बढी माया हुने कुराको पुष्टि गरेका छन। एक अनलाईनका अनुसार करिब १ हजार १८५ जनामा गरिएको एक अध्ययन अनुसार करिब ६१ प्रतिशत अभिभावकहरुले घरको  सबैभन्दा सानो बच्चा आफ्नो लागि प्यारो हुने बताएका छन भने करिब २९ प्रतिशत अभिभावकले जेठो र ठुलो बच्चा प्यारो हुने कुरा बताएका छन।

आफ्नो बच्चामध्ये सबैभन्दा बढी मन पर्ने बच्चामा ४१ प्रतिशत माता पिताका अनुसार उनीहरुका मन पर्ने बच्चाले आफ्नो बच्चापनको याद दिलाउने जानकारी दिएका छन। उनीहरुका अनुसार उक्त बच्चाले अन्य बच्चाको तुलनामा आफुलाई बढी खुसि दिने समेत बताएका छन। यद्यपि कुनै पनि बच्चाको अगाडी यो मन पर्ने र उ मन नपर्ने भन्दै पक्षपातीको व्यवहार गर्नु अति नै नराम्रो कार्य हो यसले बच्चाको मानसपटलमा नकारात्मक असर पर्ने जाने समेत अध्ययनमा बताएका छन।

 

प्रकाशित : सोमबार, बैशाख २३, २०७६०८:५१

३ सय किलो वजन भएकी महिलाले ४ वर्षमा घटाईन २१४ किलो तौल !