पहिलोपटक आमा-बाबु बन्दै हुनुहुन्छ? बच्चाको नाम राख्नुअघि जानौ यी विशेष कुरा!

पहिलोपटक आमा-बुबा बनेका जोडीहरु आफ्नो बच्चाको नामलाई लिएर निकै उत्साहित हुन्छन् । उनीहरु बच्चाको नाम चुन्नको लागि सबैभन्दा राम्रो ठाउँ  इन्टरनेटलाई मान्छन्। नाम अक्षर मात्र नभई यो सौभाग्य, राम्रो स्वास्थ्य, पैसा आदिको चाबी मानिन्छ। अंकज्योतिषमा नामलाई निकै अहम मानिएको छ।  ज्योतिष विज्ञानमा  नामको पहिलो अक्षरलाई महत्व मानिन्छ। जन्मको समयमा राशिमा चन्द्रमाको स्थानलाई हेरेर बच्चाको नामलाई  राखिन्छ।

ज्योतिष विज्ञानमा सबै १२ राशिको लागी अलग-अलग अक्षर  सुझाईएको छ जसको आधारमा नाम राख्नुहोला। जन्मिएको १० औँ  दिनमा हुने नामकरण संस्कारमा बच्चाको जन्मको समयमा नक्षत्रलाई हेरेर नामलाई चुनिन्छ।

कुनकुन दिन गर्न सकिन्छ नामकरण संस्कार:
बच्चाको जन्म भएको १० औँ, १२ औँ वा १६ औँ दिनमा नामकरण संस्कार गरिन्छ। यदि यी दिनमा यो संस्कार गरिएन भने कुनै पावन दिनमा यसलाई सम्पन्न गर्न सकिन्छ।

हिन्दु धर्ममा नामकरण संस्कारको दिन नक्षत्रको हिसाबले ज्योतिषद्वारा निकालिएको नाम नै राखिन्छ। यदि बर्थ स्टार जानुहुन्छ भने वैदेशिक ज्योतिषमा  सुझाईएको अक्षरको आधारमा  आफ्नो बच्चाको नाम चुनिन्छ।

नामकरण संस्कारको लागि अनुराधा, पुनर्वसु, माघ, उत्तरा, उत्तराषाढा, उत्तरभाद्र, शतभिषा, स्वाती, धनिष्ठा, श्रवण, रोहिणी, अश्विनी, मृगशिर, रेवती, हस्त र पुश्य नक्षत्रको सबैभन्दा उत्तम मानिन्छ। ज्योतिषाचार्यको अनुसार नामकरण संस्कारको लागी चंद्र दिवसको चौथो दिन, छैठौँ  दिन, आठौँ दिन, नौ दिन, बाह्रौ दिन र चौधौ दिनको तिथि उत्तम मानिन्छ।  पूर्णिमा र अमावस्या तिथिमा नामकरण संस्कार गर्नुहुदैन।

प्रकाशित : मङ्गलबार, चैत १७, २०७७१४:१६

ग्रहचक्रमा बुधको चाल परिवर्तन, यी राशि सावधान रहन जरूरी !