आजभोली आइसल्याण्डमा भएको ज्वालामुखी वि-स्फो-टको धेरै भिडियोहरू भाइरल भइरहेको छ। यी भिडियोहरूमा यो देख्न सकिन्छ कि यो ज्वालामुखीमा ठूलो मात्रामा लाभा निस्किरहेको छ। ज्वालामुखीको कारण आइसल्याण्डका धेरै ठाउँमा भूकम्पका कम्पन पनि अनुभव गरिएको छ। यस्तोमा, ज्वालामुखीको बारेमा रिसर्च गर्न गएका वैज्ञानिकको टोलीको एक भिडियो अहिले भाइरल भएको छ।

ज्वालामुखीमा निस्केको लाभा हेर्नको लागि धेरै मानिस आएका छन्। यसै प्रकार, वैज्ञानिकहरूको टोली पनि यस ज्वालामुखीको बारे अनुसन्धान गर्न त्यहाँ पुग्यो। अनुसन्धानको क्रममा वैज्ञानिकहरूको यो टोलीलाई भोक लाग्यो। जसपछि उनीहरुले जे गरे त्यो देखेर तपाईं पनि छक्क पर्नु हुनेछ।
Scientists take some time out studying a #volcano by grilling hot dogs on hot lava.
pic.twitter.com/0RO4SKvC7p— Joint Cyclone Center (@JointCyclone) March 23, 2021
भोकाएपछि वैज्ञानिकहरूले हटडग निकाले। त्यसपछि उनीहरुले हटडग र चिकेन ससेज पकाउनको लागि लाभाको प्रयोग गरे। भिडियोमा तपाईंले देख्न सक्नुहुन्छ कि वैज्ञानिकहरूको टोली लाभामा हटडग पकाउँदै छन्। यो भिडियो अहिले सामाजिक सञ्जालमा खुब भाइरल भइरहेको छ। उक्त भिडियो २ लाख ४५ हजार भन्दा धेरै मानिसले हेरिसकेका छन्। यो ज्वालामुखी आइसल्याण्डको राजधानी रेकाभिकको दक्षिणपश्चिममा फुटेको थियो।

