एक दिनमै साढे ४ लाख कमाउने काइलीले फ्यान्ससँग सहयोग मागेपछि भइन् ट्रोल !

एजेन्सी : अमेरिकन मोडेल तथा बिजनेसवुमेन काइली जेनर प्राय: चर्चामा हुन्छिन्। एकपटक फेरि पनि उनी चर्चामा आएकी छिन्। यस पटक उनी चर्चामा आउनुको कारण रोचक र आश्चर्यचकित पार्ने खालको छ। काइली जेनरले आफ्नो मेकअप आर्टिस्टको सर्जरीको लागि फ्यान्ससँग पैसा दान गर्न अपिल गरेकी थिईन्। त्यसपछि उनको नराम्ररी ट्रोल हुन् लाग्यो। मोडेल काइलीको यस्तो व्यवहारले उनका फ्यान्स अत्यन्तै निराश भएका छन्।

अरबपति काइली जेनरले फ्यान्ससँग आफ्नो मेकअप आर्टिस्टको सर्जरीको लागि केही पैसा दान गरी मद्दत गर्न आव्ह्वान गरिन्। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार काइली जेनरले सर्जरीको लागि ५ हजार डलर दिएकी छिन् र सर्जरीको लागि ६० हजार डलर आवश्यक भएको बताईएको थियो।

काइली जेनरले डोनेसनको अपिल गरेपछि इन्टरनेट युजरहरुले उनलाई नराम्ररी गालीगलौज गरेका छन्। एक युजरले लेखेका छन्, ‘कल्पना गर्नुहोस् कि एउटा अरबपति जो एक दिनमा साढे चार लाख डलर कमाउँछ र आफ्नो साथीको जीवन बचाउनको लागि ६० हजार डलर तिर्न तयार छैन।’ एक अर्का युजरले लेखेका छन्, ‘काइली जेनरको लागि सबै सम्मान गुम्यो। यिनले ६० हजार डलर तिरेर सजिलै आफ्नो साथीको ब्रेन सर्जरी गराउन सक्थिन् तर उल्टो फ्यान्सलाई गोफन्डमीमा सहयोग गर्न भनिन्।’

प्रकाशित : शुक्रबार, चैत १३, २०७७१९:३७

डिभोर्सको ४ वर्षपछि अरबाजले मलाइकालाई दिए यस्तो उपहार, दंग परिन् !