बार्यन म्युनिखका स्टार खेलाडी जोसुवा किमिकले आफू क्लब स्तरमा फुटबल जगतका दुई महान् खेलाडी क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीसँग खेल्न चाहेको कुरा बताएका छन्। त्यस्तै, बार्सिलोनाका पूर्व कप्तान जाभी हर्नान्डेज आफ्नो आइडल रहेको पनि उनले खुसला गरेका छन्।
बायर्नसँग च्याम्पियन्स लिग र क्लब विश्वकप जितेका किमिच अहिले रोबर्ट लेवान्डोव्स्की, अहिलेको सर्वश्रेष्ठ फिफा पुरूष खेलाडी, सँग खेल्दै आएकोमा पनि गर्व गर्न सक्छन्। २६ वर्षका बहुमुखी मिडफिल्डरसँग अझै आफ्नो क्यारियरको धेरै वर्ष बाँकी छ र ११ पटकका ब्यालुन डी ओर विजेता मेस्सी र रोनाल्डोसँग लकर रूम शेयर गर्न पाउनु निकै ठूलो कुरा रहेको उनी स्वीकार गर्छन्।
आफूलाई कुन खेलाडीसँग खेल्न सबैभन्दा मन गरेको प्रश्न गर्दा विल्डसँग उनले भने,”मेस्सी र रोनाल्डो। मेरो लागि यो निकै प्रभावशाली छ, लगभग अविश्वसनीय, कसरी कसैले आफूलाई टप लेभलमा १५ बर्ष भन्दा बढी समयसम्म कायम राख्न सक्छ। मलाई जान्न मन छ कि उनीहरुले दैनिक के गर्छन्।”
राइट ब्याकको रूपमा आफ्नो करियरको सुरुवात गरेका किमिकलाई प्रायः पूर्व क्लबका कप्तान फिलिप लाहमसँग तुलना गर्ने गरिन्छ र उनको उत्तराधिकारीको रूपमा पनि लिइन्छ। उनले बार्सिलोनाका पूर्व कप्तान जाभी आफ्नो आइडल रहेको समेत बताए।