के अन्तराष्ट्रिय उपाधि जितेका रोनाल्डोले मेस्सीलाई ‘GOAT’ रेसमा पछाडी पारिसके ?

लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो। यी दुई नाम मोडर्न फुटबलका सर्वोत्कृष्ट दुई खेलाडीको हो। मेस्सी भर्सेस रोनाल्डो, मेस्सी वा रोनाल्डो, यी दुई बीच को उत्कृष्ट….. यी सबै कुराहरु विगत एक दशक भन्दा पनि बढी समय देखि चल्दै आएको छ।

व्यक्तिगत रूपमा हरेक उपाधि जितिसकेका यी दुई महान् खेलाडीले क्लब स्तरबाट पनि सबै उपाधि जितिसकेका छन्। रोनाल्डो र मेस्सी…. यी दुई यो पुस्ताकै सर्वोत्कृष्ट खेलाडी हुन् भन्नेमा कुनै शंका छैन। तर रोनाल्डो र मेस्सी बीच को उत्कृष्ट भन्ने विषयमा कुरा हुँदा यी दुई बीच एउटा भिन्नता आउँछ: अन्तराष्ट्रिय उपाधि।

‘GOAT’ को बारेमा कुरा गर्दा एकै मात्र कुरा मेस्सीको विपक्षमा जान्छ त्यो हो अन्तराष्ट्रिय उपाधि। मेस्सीले अहिलेसम्म अन्तराष्ट्रिय स्तरमा ३ फाइनल खेलिसक्दा पनि उनको पोल्टोमा एक पनि उपाधि पर्न सकेको छैन। २०१४ को विश्वकप फाइनल, २०१५ र २०१६ को कोपा अमेरिका फाइनल; यी तीनै फाइनलमा मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना थियो तर तीनै पटक पराजित हुन पुग्यो।

रोनाल्डोले भने अहिलेसम्म आफ्नो करियरमा दुई अन्तराष्ट्रिय उपाधि जितिसकेका छन्। २०१६ को युरो कपमा फाइनलमा फ्रान्सलाई पराजित गर्दै उपाधि उचालेको रोनाल्डोको पोर्चुगलले २०१८ मा उनकै कप्तानीमा यूइएफए नेशन लिगको उपाधि पनि जित्न सफल भएको थियो। मेस्सीको तुलनामा अन्तराष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्ने क्रिस्टियानो रोनाल्डोलाई यसै कारणले धेरैले ‘गोट’ को रेसमा मेस्सी भन्दा अगाडी गन्न थालेका छन्।

तपाईंलाई के लाग्छ ‘गोट’ रेसमा रोनाल्डोले मेस्सीलाई उछिनेका हुन् त ?

प्रकाशित : शनिबार, चैत १४, २०७७१६:११

बार्सामा हालान्डको ट्रान्सफर मेस्सीको हातमा !