सर्वोच्चमा निवेदन दिएपछि प्रचण्डले भने “अदालतले आफ्नो फैसला सच्याउलेमा ढुक्क छु”

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वोच्च अदालतले आफ्नो एमाले र माओवादी केन्द्र ब्यूँत्याउने फैसला सच्याउने विश्वास व्यक्त गरेका छन्। मंगलबार पुनरावलोकनको निवेदन सर्वोच्चमा दर्ता गरेपछि प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन्।

माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, जनार्दन शर्मा, कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेतसँग सर्वोच्च पुगेका अध्यक्षले सर्वोच्चले उक्त फैसला पुनरावलोकन गर्ने बताएका हुन्। “एकतावद्ध भइसकेका दलहरुलाई विभाजित गर्ने राजनीतिक काम अदालतले गरेको छ, अदालतले यस फैसलालाई सच्याउनेछ भन्ने हामीलाई विश्वास छ,” उनले भने।

गत फागुन २३ गते सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेल नेतृत्वको नेकपालाई दिएपछि एमाले र माओवादी केन्द्र ब्युँतिएका थिए।

प्रचण्ड सर्वोच्च अदालत पुगे !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकाप) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एकता खारेज गरेको निर्णय पुनरावलोकनका लागि सर्वोच्च अदालतमा पुगेका छन् । फागुन २३ गते सर्वोच्च अदालत नेकपा एकता खारेज गर्ने निर्णय सुनाएको थियो।

प्रचण्ड नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, शक्ति बस्नेतका साथै रमण श्रेष्ठ, रामनारायण बिडारी, मुक्ति प्रधान, शम्भु थापालगायत कानुन व्यवसायीका साथमा अदालत पुगेको बताइएको छ। यसअघि नै सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरवलोकनमा जाने निर्णय गरे पनि माओवादी केन्द्र आन्तरिक परामर्शमा जुटेको थियो। अदालतको फैसला चित्त नबुझेको खण्डमा ६० दिनभित्र पुनरवलोकनमा अदालत जान सकिने कानुनी प्रावधान छ।

सर्वोच्चले गत फागुन २३ गते नेकपामा चलिरहेको विवादबारे फैसला सुनाउँदै ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिक दिँदै नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच एकता भएर बनेको नेकपालाई अमान्य ठहर गरेको थियो।

प्रकाशित : मङ्गलबार, चैत १७, २०७७१३:४५

अझै तीन दिन मौसम स्थिर रहने, तुवाँलो कायमै