बहु प्रतिशित साउथ इन्डियन फिल्म ‘आरआरआर’ ले फिल्म रिलिज हुनुभन्दा पहिलेनै रेकर्ड व्यापार गरिसकेको छ। ‘बहुबाली’ निर्देशक एसएस राजामौली निर्देशित चलचित्रको नर्थ इण्डियन राइट्स पनि रेकर्ड मूल्यमा विक्री भएको छ।
एक इन्डियन रिपोर्ट अनुसार फिल्मको नर्थ इण्डियन थिएट्रिकल राइट्स पेण्डियाले पाएको छ। पेण्डियाले यस फिमलको राइट १ सय ४० करोडमा किनेको बताइएको छ। यससँगै ‘आरआरआर’ ले फिल्म रिलिज हुनुअघि कै ९ सय करोडको व्यापर गरिसकेको छ। फिल्मको राइट १ सय ४० करोडमा बिकेसँगै यसको टोटल प्री–रिलिज व्यापार ९ करोड नाघेको हो।
यो रकम हिन्दी फिल्म जगतमा नै रेकर्ड बन्न पुगेको छ। प्रे-रिलिज बिजनेसको मामिलामा राजामौलीको यस फिल्मले उनकै फिल्म बाहुबलीलाई पनि पछाडी छाड्न सफल भएको छ। यसअघि ‘बहुबाली २’ ले ६ सय करोड भन्दा बढीको प्रे-रिलिज बिजनेस गरेको थियो, जुन रेकर्ड बिजनेस थियो।
विश्वभर यस फिल्मको थिएट्रिकल राइटस ५ सय ७० करोडमा बिक्री भएको थियो। फिल्मको सबै भाषाको थिएट्रिकल, इलेक्ट्रोनिक, सेटलाइट र डिजिटल राइट्स गरी ८ सय ९० रुपैंयाँमा बिक्री भएको थियो। जुनियर एनटीआर, राम चरण तेजा, अजय देवगन र आलिया भट्टको मुख्य भूमिका रहेको यस फिल्मको सबै दर्शक प्रतिक्षा गरिरहेका छन्।