बढी उत्तेजित हुँदा लिंग भाँचिने र फ्रयाक्चर हुने समस्या हुन सक्छ ? जानीराखौ यस्ता कुराहरु !

मान्छेले सोध्नु पर्ने बिषयमा सोधेको पाईदैन् । तर अनावश्यक बिषयमा बिभिन्न कुराहरु मनमा खेलाएर चिन्तित बनेर बिभिन्न प्रश्नहरु गरिरहेका हुन्छन् । कसैले यो प्रश्न सोध्नु हुन्छ भने राम्रो प्रश्न । लिंग फ्रयाक्चर हुन सक्छ । जब लिंगका तन्तुहरु चुडिन्छन्, त्यसलाई पेनाइल फ्रयाक्चर भनिन्छ ।

अहिले पोर्न फिल्म हेरेर सेक्सका अनेक तरिकाहरु अपनाउनेहरु पनि धेरै नै छन् । बढी उत्तेजित लिंग फ्र्याक्चर पनि हुन सक्छ । बढी उत्तेजित भएर गलत ढंगबाट सेक्स गर्दा पेनाइल फ्रयाक्चर हुन सक्ने बिशेषज्ञहरुको भनाई छ । लिंगमा अचानक चोट लाग्दा पनि यस्तो हुन्छ । मांसपेशीको बीचमा लिंगभित्र दुईवटा नली हुन्छन् ।

यौन सम्पर्कको बेला यो मांसपेशी कडा हुन्छ । सो समयमा यो मांसपेशीमा तनाव हुन्छ । यस्तो स्थितिमा तन्तुमा आघात पुग्यो भने चुडिन्छ र त्यसक्रममा लिंगबाट हल्का रगत पनि निस्कन्छ । लिंग सुन्निन्छ र निलो हुने गर्दछ । त्यसपछि लिंगमा असह्य पीडा हुन्छ ।

लिंगलाई जबर्जस्ती बटानु हुँदैन् । त्यसो गरेमा पेनाइल फ्रयाक्चर हुन्छ । सम्भोग गर्दा पुरुषको माथि महिला हुने आसनमा पनि पेनाइल फ्रयाक्चर हुने सम्भावना हुने विशेषज्ञहरु बताउँछन् ।

पेनाइल फ्रयाक्चर भएमा अपरेशन नै गर्नु पर्छ । त्यो बाहेक अरु विकल्प छैन् । तर अपरेशनपछि यौन सम्पर्कका लागि भने सक्षम भईन्छ । असक्षम भईने होईन् । यदि फ्रेक्चर भएमा समयमै औषधि गरिएन भने पछि यसले गम्भीर रुप पनि लिन सक्ने भएकाले तुरुन्त उपचार गर्नु पर्छ ।

एजेन्सीको सहयोगमा

प्रकाशित : बिहिबार, साउन २३, २०७६१४:२५

शरीरका कुन-कुन ठाउँको रौँ कहिले हटाउन हुँदैन ? जानीराख्नुस्