प्रियंका कार्की, श्वेता खड्का: यी ५ नेपाली अभिनेत्री छन् आफ्ना श्रीमान् भन्दा जेठी !

नेपाली समाजमा सामान्यतया श्रीमती भन्दा श्रीमान् जेठो हुनुपर्छ भन्ने मान्यता रहेको छ। यो मान्यता अझै पनि धेरै जसो नेपाली समाजमा पाइन्छ। तर विकसित समाजमा यस्तो कुराले ठाउँ पाउन सक्दैन। आजको समयमा धेरै यस्ता केस देख्न सकिन्छ जहाँ श्रीमान भन्दा श्रीमती जेठी हुन्छिन्। र यसमा कुनै समस्या पनि हुनु हुँदैन।

आम समाज जस्तै नेपाली फिल्म क्षेत्रमा पनि यस्ता थुप्रै जोडी छन् जसमा श्रीमान भन्दा श्रीमती जेठी छन्। आज हामी तपाईंलाई यस्तै ५ नेपाली नायिकाको बारेमा बताउन जाँदैछौं जो आफ्नो श्रीमान भन्दा बढी उमेरमा छन्।

श्वेता खड्का 

स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठसँग पहिलो विवाह गरेकी अभिनेत्री श्वेता खड्काको दोस्रो विवाह यहि वर्ष मङ्सिर २२ गते प्रख्यात व्यापारी बिजेन्द्रसिंह रावतसँग भएको हो। श्वेता आफ्नो श्रीमान बिजेन्द्र भन्दा उमेरमा ४ वर्षले जेठी छिन्।

प्रियंका कार्की 

नेपाली चलचित्र क्षेत्रकि सबैभन्दा चर्चित नायिकामा पर्छिन् प्रियंका कार्की। अभिनेत्री प्रियङ्का कार्की र अभिनेता आयुष्मान देशराज जोशी २०७६ साल फागुन १७ गते एक-अर्कासँग विवाह बन्धनमा बाँधिएका थिए। लामो समयको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका यी दुई जोडी प्राय: आफूहरु बीच रहेको उमेरको भिन्नताले चर्चामा आउने गर्छन्। प्रियंका आयुष्मान भन्दा ६ वर्ष जेठी रहकी बताइन्छ।

निशा अधिकारी 

विगत लामो समय देखि राष्ट्रिय क्रिकेट टोलीका खेलाडी शरद भेषवाकरसँग प्रेम सम्बन्धमा रहेकी निशाको विवाह भएको पनि ४ वर्ष भइसक्यो। नेपालमा चर्चित र धेरै रुचाइएको जोडीमा पर्ने यी जोडीको बीच दुई वर्षको भिन्नता रहेको छ। निशा शरद भन्दा दुई वर्ष जेठी छिन्।

मेलिना मानन्धर 

नेपाली चलचित्र जगतकी सुन्दरी नायिका भनेर चिनिने मेलीना मानन्धर पनि आफ्नो श्रीमान मुकेश ढकालभन्दा जेठी छिन्। मेलिना अहिले ४४ वर्षकी भइन्। तर उनका श्रीमान मुकेश भने ४० वर्ष मात्रै पुग्दै छन्। अर्थात् मेलिना मुकुश भन्दा चार वर्ष जेठी छिन्।

बिपना थापा 

कुनै समय नेपाली फिल्म जगतमा राज गरेकी नायिका बिपना थापा पनि आफ्ना श्रीमान भन्दा जेठी रहेकी छिन्। उनी डाक्टर आशुतोषसँग विवाद बन्धनमा बाँधिएकी छिन्। यी दुई बीच पनि ४ वर्षको उमेर भिन्नता रहेको बताइन्छ।

प्रकाशित : शुक्रबार, चैत २०, २०७७१७:४६

यी पाँच बलिउडकर्मीले जितिसके क्यान्सर !