२०१२ को मेस्सी फुटबल जगतकै सर्वोत्कृष्ट खेलाडी थिए, हेर्नुहोस् यो भिडियो [भिडियो सहित]

सन् २०१२ मा बार्सिलोनाका लियोनल मेस्सीलाई रोक्न असम्भव थियो। बार्सिलोना र अर्जेन्टिनाका लागि खेल्दै ३३ वर्षीय अर्जेन्टिनीले एकै वर्षमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बने।

क्लब र देशका लागि कुल ६९ खेल खेल्दै उनले रेकर्ड ९१ गोल गरे। उनी बार्यन म्युनिख तथा जर्मनी दिग्गज गर्ड मुलरको ४० वर्ष पुरानो रेकर्ड तोड्न सफल भए। मेस्सीको यो रेकर्ड सम्भवतः कहिल्यै टुट्ने छैन। र २०११/१२ सत्रको अन्त्यमा अर्जेन्टिनीले अर्को अविश्वसनीय गोल स्कोरिंग उपलब्धि पनि हासिल गरिसकेका थिए जुन निश्चित रूपमा धेरै लामो समयसम्म कायम रहनेछ।

उक्त सिजनमा बार्सिलोनाका स्टार मेस्सीले क्लबका लागि कुल ७३ गोल गरेका थिए, जसमा ५० गोल लालिगामा गर्न सफल भएका थिए। मेस्सी भन्दा पहिले यो रेकर्ड पनि गर्ड मुलरको नाम थियो जसले १९७२/७३ सिजनमा एक सिजनमा ६७ गोल गरेका थिए।

यो तथ्यांक साँच्चै नै निकै अचम्म लाग्दो छ। तर यथार्थमा अझ प्रभावकारी कुरा के थियो भने कसरी उनले टप गोल स्कोरिंग फर्ममा रहँदा रहँदै पनि बार्सिलोना टोलीमा कूल योगदान दिएका थिए। त्यो समयमा पनि उनी बार्सिलोनाका मुख्य प्ले-मेकर थिए। उनले यो रेकर्ड धेरै जसो प्ले-मेकरको भूमिकामा रहेर बनाएका थिए।

तल भिडियोमा तपाईंले हामीले भन्न खोजिरहेको कुरा देख्न सक्नुहुन्छ।

२०१२ मा भ्यालेन्सिया विरुद्ध मेस्सीले प्ले-मेकरको भूमिकामा खेल्दै एकै खेलमा ४ गोल गरेका थिए। कसैले कसरी एकै खेलमा ४ गोल गर्नुका साथै प्ले-मेकिंगको मास्टरक्लास दिन सक्छ ? त्यो पनि त्यस वर्षको स्पेनको उत्कृष्ट टोली मध्ये एक विरुद्ध।

सायद मेस्सीको २०१२ वर्ष जस्तो वर्ष कुनै पनि खेलाडीको जीवनमा आउँदैन, स्वयम् मेस्सीको पनि।

प्रकाशित : शुक्रबार, चैत २०, २०७७१७:४५

मेस्सी र हालान्ड दुबैलाई उडाउने दाउमा सिटी !