यी पाँच बलिउडकर्मीले जितिसके क्यान्सर !

एजेन्सी – बलिउडको प्रसिद्ध अभिनेत्री किरण खेर क्यान्सरबाट ग्रस्त भएकी छन्। किरणलाई क्यान्सर भएको उनका पति तथा अभिनेता अनुपम खेरले खुलासा गरेका हुन्। बलाद क्यान्सरबाट ग्रस्त भएकी किरणको उपचार मुम्बईमा भइरहेको छ। बलिउडका धेरै कलाकारहरुले किरणको स्वास्थ्य लाभको कामना गरिरहेका छन्।

क्यान्सरबारा ग्रस्त हुने किरण पहिलो कलाकार होइनन्। यस भन्दा अगाडी पनि धेरै बलिउड कलाकारहरु क्यान्सरबाट ग्रसित भइसकेका छन्। जसमध्ये केहिले क्यान्सर जितेका छन् भने केहिके क्यान्सरसँग हार खाएका छन्। त्यस मध्ये क्यान्सर जितेका केहि कलाकारको विवरण निम्न छ।

मुमताज

कुनै एक समयमा बलिउडमा धेरै रुचाइएकी मुमताजलाई पनि क्यान्सर भएको थियो। ५४ सालको उमेरमा मुमताजले स्तन क्यान्सरसँग जुध्नुपरेको थियो। कीमो थेरापी लिएपछि मुमताजले क्यान्सरलाई जितेकी थिइन्।

मनीषा कोइराला

नेपालबाट गएर बलिउडमा नाम बनाउन सफल मनीष कोइराला पनि क्यान्सर जित्ने बलिउड कलाकारमा पर्छिन्। सन् २०१२मा मनीषालाई डिम्बासयको क्यान्सर भएको थियो। मनीषाले क्यान्सरको उपचार न्यूयोर्कमा गराएकी थिइन्। ठूलो संघर्ष पश्चात मनीषाले क्यान्सर जितेकी थिइन्।

अनुराग बासु

बलिउडका चर्चित निर्माता अनुराग बासु पनि क्यान्सर जितेका बलिउडकर्मीमा पर्छन्। सन् २००४ मा अनुरागलाई ब्लड क्यान्सर भएको थियो। त्यस समयमा अनुराग ३-४ महिना भन्दा बढी नबाँच्ने डाक्टरहरुले बताएका थिए। तरपनि अनुरागले क्यान्सर जिते। उनी अझै पनि चलचित्र निर्माणमा सक्रिय छन्।

राकेश रोशन

बलिउडका प्रसिद्ध अभिनेता राकेश रोशन पनि क्यान्सरबाट ग्रस्त भइसकेका छन्। सन् २०१८ मा रोशनलाई क्यान्सर रहेको थाहा भएको थियो। केहि समय उपचार पश्चात रोशनले क्यान्सर जितेका थिए।

सोनाली बेन्द्रे

सोनालीले क्यान्सर जितेको धेरै समय भएको छैन। सोनालीलाई मेटास्टेटिस क्यान्सर भएको थियो। धेरै नै जटिल उपचार पश्चात सोनालीले क्यान्सर जितेकी थिइन्।

प्रकाशित : शनिबार, चैत २१, २०७७१५:१५

विवाह नगर्दै सँगै बसेका थिए कटरिना र रणबीर, यसकारण भएको थियो ‘ब्रेकअप’ !