विवाह नगर्दै सँगै बसेका थिए कटरिना र रणबीर, यसकारण भएको थियो ‘ब्रेकअप’ !

एजेन्सी – अभिनेत्री कटरिना कैफ लामो समय देखि बलिउडमा छिन्। अहिले सम्म कटरिनाले कयौं हिट चलचित्रमा काम गरिसकिन्। १८ वर्ष भन्दा लामो बलिउड करियरका करण कटरिनाको नाम कयौं नायकहरुसँग जोडिए। त्यसमध्ये बलिउड अभिनेता रणबीर कपूरसँग प्रेम सम्बन्ध अलि बढी नै चर्चामा रह्यो।

खबरमा आएअनुसार, रणबीर र कटरिना बीचको सम्बन्ध करिब ६ वर्ष चलेको थियो। दुवैलाई विभिन्न स्थानमा सँग-सँगै मात्रै देखिएको थिएन, सँगै घुम्न गएको समेत देखिएको थियो। त्यति मात्र नभई दुवै लिभ इन रिलेसनमा समेत थिए। कुरा यति सम्म चलेको थियो कि – दुवै विवाह गर्ने तयारीमा समेत थिए।

६ वर्ष पछि भयो ब्रेकअप

विभिन्न कारणले गर्दा रणबीर र कटरिना बीचको सम्बन्ध टुटेको थियो। ब्रेकअप भएपछि कटरीना कैफको हालत खराब भएको थियो। उक्त सम्बन्ध टुटेपछि व्यक्तिगत रुपमा मात्र नभई व्यवसायिक रुपमा समेत असर परेको कटरीनाको भनाई रहने गरेको छ।

केहि भारतीय मिडियाहरुका अनुसार रणबीर र कटरिनाको ब्रेकअप रणबीरको परिवारका कारण भएको थियो। रणबीरको परिवारले कटरिनालाई बुहारीको रुपमा नस्वीकार्ने बताएपछि रणबीर कटरिनाबाट टाढिएका थिए।

रोएकी थिइन् कटरिना

ब्रेकअप पछि कटरिना कयौं पटक रोएकी थिइन्। कटरिना आफैंले पनि त्यससमयमा आफू रोएको बताउने गरेकी छन्। एक अन्तर्वार्ताका क्रममा कटरिनाले बताए अनुसार ब्रेकअप पश्चात उनका योगा टीचरले सबै ठीक छ नि भनेर सोध्दा कटरिना रुन पुगेकी थिइन्।

प्रकाशित : शनिबार, चैत २१, २०७७१६:४४

जान्हवीका यस्ता लुक्स देखेर भड्किए ‘ट्रोलर्स’, गरे भद्दा कमेन्ट !