जान्हवीका यस्ता लुक्स देखेर भड्किए ‘ट्रोलर्स’, गरे भद्दा कमेन्ट !

एजेन्सी – बलिउड स्टारहरू अक्सर आफ्ना कपडाका कारण आलोचित हुने गरेका छन्। फेसनको नाममा अलि भड्काउ कपडा लगाउँदा उनीहरु ट्रोलको शिकार समेत हुने गरेको पाइन्छ।

विशेष गरेर बलिउडका नायिकाहरु सामाजिक संजालमा अलि बढी नै आलोचित भएको पाइन्छ। बलिउडमा संघर्षरत जान्हवी कपूर यस्तै अवस्थाबाट गुज्रिसकेकी छन्।

केहि समय अगाडी उनको एक तस्विर भाइरल भएको थियो। उक्त तस्विरका कारण जान्हवी ट्रोल मात्र भएकी थिइनन्, उनी माथि अनेक टिका-टिप्पणी पनि भएका थियो।

के थियो तस्विरमा ?

तस्विरमा देखिएअनुसार, जान्हवी जिम लुकमा थिइन्। टिसर्ट लगाएकी जान्हवीले तल केहि लगाएको जस्तो देखिँदैनथ्यो। खासमा त्यस्तो थिएन। तैपनि सामाजिक संजाल प्रयोगकर्ताहरुले उनको खिल्ली उडाए। धेरैले प्यान्ट लगाउन बिर्सिएको भन्दै टिप्पणी गरेका थिए।

त्यस्तै अर्को समयमा पनि जान्ह्वी ट्रोल भएकी थिइन्। जान्हवी सेतो रंगको टप्समा एकदम राम्री देखिएकी थिइन्, तर ट्रोलहरूले उनलाई त्यहाँ पनि छोडेनन्। शर्ट्स भन्दा लामो टप्स हुँदा जान्ह्वी माथि अनेक टिप्पणी गरिए। ट्रोलहरूले पाइन्ट लिन्न पैसा भएन भन्ने देखि अन्य भद्दा टिप्पणी समेत गरे।

प्रकाशित : शनिबार, चैत २१, २०७७१८:४३

दर्शक माझ ‘काउली बुढी’ भनेर प्रख्यात सन्ध्या वास्तविक जीवनमा छिन् यति सुन्दर [तस्बीरहरु]