नेपाली चलचित्र जगतकी निकै प्रख्यात नायिका प्रियंका कार्कीले केहि दिन अगाडी मात्र आफू गर्भवती रहेको बताएकी थिइन्। उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक पोस्ट गर्दै यसको पुष्टि गरेकी थिइन्। पछिल्ला केहि समयदेखि उनी गर्भवती रहेको हल्ला चल्न थालेको थियो तर स्वयम् प्रियंकाले भने शुक्रबार मात्र यसको पुष्टि गरेकी हुन्।

उनले इन्स्टाग्राममा आफ्नो र पती आयुष्मान देशराज जोशीको फोटो साझा गर्दै आफ्ना शुभ चिन्तकलाई यसको बारेमा जानकारी दिएकी हुन्। आफ्नो बेबी बम्प देखाउँदै आयुष्मानको अँगालोमा रहेको फोटो हाल्दै उनले क्यप्शनमा लेखेकी थिइन्,”अब तपाईंहरु हामीलाई प्रश्न गर्न बन्द गर्नुहोस्, हो, म गर्भवती छु।” प्रियंकालाई आमा बन्न लागेकोमा शृंखला खतिवडा, वर्षा राउत, साम्रगी राज्यलक्ष्मी शाह लगायतका थुप्रै सेलिब्रेटीका साथै उनका फ्यान्सले समेत खुब बधाई दिएका थिए।
View this post on Instagram
इन्स्टाग्राममा धेरै सक्रिय रहने प्रियंका आफू गर्भवती भएपछि पनि उस्तै सक्रिय छिन्। उनले हिजो मात्र पनि आफू आफ्नो बच्चालाई भेट्न निकै अ आतुर रहेको भन्दै पोस्ट गरेकी थिइन्। त्यस्तै, उनले हालै मात्र एक पोस्ट गरेकी छिन् जसमा उनले आफ्नो बच्चालाई सबैले कति माया गरेका छन् भनेर इंकित गरेकी छिन्। उनले बेबी बम्पका साथ आफ्नो एक फोटो साझा गर्दै लेखेकी छिन्,”सानो मान्छे, सायद तिमीलाई पनि थाहा हुन्थ्यो कि तिमी यो संसारमा आउनु भन्दा पनि पहिले नै तिमीलाई सबैले कति माया गरेका छन्।”

थुप्रै शुभ चिन्तकले उनलाई बधाई दिँदै गर्दा कतिपय मानिसले भने उनलाई ट्रोल गर्न सुरु गरेका छन्।

