समृद्धिका ठूला गफ छाँट्नुसट्टा ठप्प भएका कलकारखाना खुलाउ : बाबुराम भट्टराई

फाइल तस्बिर

काठमाडौँ : समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले विभिन्न कारणले बन्द भएका उद्योग खुलाउन सरकारले ध्यान दिनुपर्ने बताएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले बलियो कम्नियुष्ट पार्टीको सरकार भएको देशमा कलकारखानाहरू बन्द गरेर अर्बौंको सम्पत्ति र अमूल्य पूर्वाधारको दुरूपयोग हुनु लज्जाको विषय भएको टिप्पणी गरेका हुन् ।

उनले आफ्नो ट्वीटर एकाउन्टमा प्रतिक्रिया दिँदै लेखेका छन् ;”आफुलाई ‘कम्युनिस्ट’ भन्ने पार्टीको नेतृत्वमा सरकार भएको देशमा कलकारखानाहरू बन्द गरेर अर्बौंको सम्पत्ति र अमूल्य पूर्वाधारको यस्तो दुरूपयोग हुनुभन्दा बढी लज्जास्पद कुरा के हुनसक्छ? समृद्धिका ठूला गफ छाँट्नुसट्टा यी रूग्ण उद्योगलाई जुनसुकै मोडेलमा भए पनि सन्चालन गर्नेतिर ध्यानदिऊँ न!”

हेटौँडा कपडा उद्योगमा सशस्त्र, बुटवल धागोमा दंगा प्रहरी, वीरगन्ज चिनी कारखानामा प्रहरी लगाएत अन्य सरकारी उद्योगमा धमाधम प्रहरी ब्यारेक बनाएकोमा भट्टराईले असन्तुष्टी व्यक्त गरेका हुन् ।

प्रकाशित : शुक्रबार, साउन २४, २०७६०५:३४

सडक निर्माणको ठेक्का मिलाइदिन नौ लाख रुपैयाँ घुस, सडक डिभिजन कार्यालयका प्रमुख पक्राउ !