टिभी रिमोटको विषयमा झगडा पर्दा आमाले आफ्नै ३ वर्षकी छोरीको घाँटी थिचेर…….

भारतको बेंगलुरुमा एक महिलाले रिमोटको विषयमा झगडा हुँदा आफ्नै तीन वर्षकी छोरीको ज्यान लिएकी छिन्। २६ वर्षिया आमा आफ्नी छोरीसँग यसकारण रिसाएकी थिइन् कि उनले आफ्नो नभएर आफ्नो पतिको साथ दिइन्। हालै मात्र उक्त महिला र उनका पतिको टिभीको रिमोटलाई लिएर झगडा भएको थियो जसमा उनकी छोरीले आफ्नो बुबाको पक्ष लिएकी थिइन्। यस कारणले उनलाई आफ्नी छोरी देखि निकै रिस उठ्यो।

सुधा नामकी यी महिलाले आफ्नी छोरीलाई एक निर्माणाधीन भवनमा र त्यहाँ उनको घाँटी थिचेर ज्यान लिइन्। सुधा पश्चिमी बेंगलुरुमा एउटा टाइल पसलमा हाउसकीपिंग स्टाफको रूपमा काम गर्छिन्। उनका पति दैनिक मजदूरी गर्छन्। छोरी ज्यान लिएपछि सुधा आफ्नी छोरी हराएको नाटक गर्दै थिइन्। उनले पतिको साथमा पुलिस स्टेशन गएर छोरी हराएको रिपोर्ट पनि दिएकी थिइन्। सुधाले पुलिस रेपोर्टमा लेखाएकी छिन् कि उनले आफ्नी छोरीलाई ठेलामा चाट खुवाउन लिएर गएकी थिइन् तर उनी जब पैसा तिर्न लागिन् उनकी छोरी हराएको बताइन्।

भोलिपल्ट एक मानिसले उक्त निर्माणाधीन भवनको छेउमा हिड्दै गर्दा बच्चीको श-व देखे। उनले पुलिसलाई यसबारे जानकारी गराए। पुलिस घटनास्थल पुगेर बच्चीको पहिचान भएपछि सुधा र ईरानालाई बोलायो। पुलिसलाई अब सुधाको कुरा सुनेर उनी माथि शंका हुन थाल्यो। जसपछि थप अनुसन्धान गर्दा सुधाले आफ्नो अपराध स्वीकार गरेकी हुन्। उनले आफूले नै छोरीको घाँटी दबाएर ज्यान लिएको बताइन्।

प्रकाशित : आइतबार, बैशाख ०५, २०७८१३:४१

चिडियाखानामा इमूसँग लिँदै थिइन् सेल्फी, पलभरमै लाग्यो ४० हजार भन्दा बढीको झड्का !