वैशाख ५ गते सम्म कुन राशिलाई कति शुभ ? हेर्नुहोस् साप्ताहिक राशिफल !

मेष राशि 

 

मेष राशिका मानिसले यो साता कुनै पनि काममा धैर्यवान हुन आवश्यक छ। कुनै पनि कार्यमा हतारमा फैसला लिँदा नोक्सान हुनसक्छ। हप्ताको सुरुवातमा स्वास्थ्यको विशेष ध्यान दिन जरूरी छ। कार्यक्षेत्रमा अधिक व्यस्तता रहनेछ। कुनै कार्य सुरु गर्दा वा निर्णय गर्दा विशेषज्ञसँग सल्लाह लिन नभुल्नुहोस्। दाम्पत्य जीवन सुखमय रहनेछ। जीवनसाथीको पूरा साथ-सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध अझ बलियो हुनेछ।

वृष राशि 

वृष राशिका मानिसले हप्ताको सुरुवातमा साथीभाईको मद्दतमा कुनै ठूलो कार्य सम्पन्न गर्न सक्नुहुनेछ। पहिलेबाट गरेको निवेशले अप्रत्याशित परिणाम दिनेछ। घर-जग्गा तथा गाडी खरिद गर्ने सपना पूरा हुनसक्छ। लामो तथा छोटो यात्राको योग रहेको छ। हप्ताको अन्त्यमा वरिष्ठ व्यक्तिसँग भेटघाट हुनेछ, जुन तपाईंको लागि लाभदायक हुनेछ। दाम्पत्य जीवनमा मधुरता रहनेछ। प्रेम सम्बन्ध मजबूत हुनेछ।

मिथुन राशि 

तपाईंको लागि यो हप्ता मिश्रित फलदायी रहनेछ। हप्ताको अन्त्यमा कुनै शुभ खबर सुनेर तपाईं अत्यन्त खुसी हुनुहुनेछ। पूरा मनोबल तथा उर्जाका साथ कुनै पनि काम गर्दा सफलताको सम्भावना उच्च हुन्छ। वाणीमा भने संयम राख्नुहोस् अन्यथा हातमा आएको सफलता पनि फुत्किन सक्छ। कार्यक्षेत्रमा पदोन्नतीको योग रहनुका साथै नयाँ जिम्मेवारी पनि प्राप्त हुनेछ। प्रेम सम्बन्धमा प्रगाढता आउनेछ। यात्राको सम्भावना छ।

कर्कट राशि 

 

तपाईंले यस हप्ता गरेको क्षेत्रमा सफलता नमिल्न पनि सक्छ। विद्यार्थी वार्स्गको लागि पनि यो समय त्यति खास नरहला। घरेलु समस्याले मनमा अशान्ति रहन सक्छ। कठिन समयमा जीवनसाथी तथा प्रेमीको पूरा साथ सहयोग प्राप्त हुनेछ। कुनै पनि योजनामा लगानी गर्नु बहाना अगाडी आफू भन्दा ठूला सल्लाह पक्कै पनि लिनुहोला। स्वास्थ्यमा समस्या आउनसक्छ, सजग रहनुहोला। यात्रा गर्दा विशेष ध्यान दिनुहोस्।

सिंह राशि 

करियर तथा व्यापार क्षेत्रमा तपाईंले लामो समय देखि प्रतिक्षा गरेको सफलता यो हप्ता प्राप्त हुनसक्छ। सोचेका हरेक कार्य समयमा सम्पन्न हुनेछ। यति तपाईं कुनै ठूलो योजनामा काम गर्दै हुनुहुन्छ भने स्त्री मित्रको सहयोग अत्यन्त लाभदायक हुन्छ। कुनै पनि समय आवेशमा आउनबाट बच्नुहोला, अन्यथा हातमा आएको सफलता फुत्किन सक्छ। अस्वस्थ मानिसको स्वास्थ्यमा सुधार आउनेछ। दाम्पत्य जीवन तथा प्रेम सम्बन्धमा केहि खटपट आउनसक्छ।

कन्या राशि 

सिंह राशिका मानिसले यो हप्ता आफ्ना कार्यमा विशेष रूपमा केन्द्रित हुनु पर्नेछ। कार्यक्षेत्रमा गुप्त शत्रुले हानि गर्न सक्छन्, सजग रहनुहोस्। साना-तिना व्यापारीहरुको तुलनामा ठूला व्यापारीहरुको समय अत्यन्त चुनौतीपूर्ण रहनेछ। सन्तान सम्बन्धि विषयमा तपाईंको मनमा चिन्ता रहनसक्छ। स्वास्थ्यमा समस्या देखा पर्न सक्छ, विशेषगरी पेट सम्बन्धि समस्याले सताउन सक्छ। जीवनसाथीको स्वास्थ्य चिन्ताको विषय बन्न सक्छ।

तुला राशि 

तुला राशिका मानिसको लागि यो हप्ता व्यापारको हिसाबले सुखद रहनेछ। व्यापारका लागि गरेको यात्रा सफल हुनेछ। कुनै मांगलिक कार्यमा संलग्न हुने मौका मिल्नेछ। सन्तानको कारण सामाजिक क्षेत्रमा तपाईंको मान-सम्मान बढ्नेछ। धार्मिक यात्राको योग रहेको छ। हप्ताको अन्त्यमा तपाईंको पराक्रममा वृद्धि हुनेछ। परिवारमा सुख-शान्तिमय वातावरण रहनेछ। प्रेम सम्बन्धमा प्रगाढता आउनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ।

वृश्चिक राशि 

यस राशिका मानिसले यो हप्ता भाग्यको पूरा साथ प्राप्त गर्नेछन्। हप्ताको सुरुमा कुनै नयाँ प्रयोजनमा काम गर्ने मौका मिल्नेछ। कार्यक्षेत्रमा सहकर्मीको पूरा साथ सहयोग मिल्नेछ। सरकारी क्षेत्रमा मान-सम्मान तथा लाभ दुबै मिल्नेछ। रमाइलो यात्राको सम्भावना रहेको छ। हप्ताको अन्त्यमा प्रिय व्यक्तिसँगको भेटले मन प्रशन्न हुनेछ। स्वास्थ्यमा विशेष ध्यान दिन जरूरी छ। दाम्पत्य जीवनमा मनमुटाव आउनसक्छ।

धनु राशि 

धनु राशिका मानिसको यो हप्ता निकै व्यस्तता मै बित्नेछ। कार्यक्षेत्रमा कामको अघि तनाब रहनेछ। व्यापारीहरुले विभिन्न कठिनाईको सामना गर्नु पर्नेछ। साताको मध्यमा कुनै धार्मिक कार्यमा संलग्न हुने मौका मिल्नेछ। आयको हिसाबले खर्च अधिक हुनाले आर्थिक संकट आउन सक्छ। अनावश्यक खर्चमा नियन्त्रण गर्नुहोस्। खानपानमा विशेष ध्यान दिनुहोला, अन्यथा पेट सम्बन्धि समस्याले सताउन सक्छ।

मकर राशि 

मकर राशिका मानिस यो हप्ता निकै धैर्यवान हुन आवश्यक देखिन्छ। हप्ताको सुरुवातमा अधिक खर्च हुनाले मन खिन्न हुनसक्छ। कार्यक्षेत्रमा तपाईका विरोधी तपाईंको कार्यमा असर पुर्याउने कोशिस गर्नेछन्। दाम्पत्य जीवन तथा प्रेम सम्बन्धमा प्रगाढता आउनेछ। प्रेमीसँग धेरै भन्दा धेरै रमणीय समय बिताउने मौका मिल्नेछ। स्वास्थ्यको ख्याल राख्नुहोला। सवारी साधन चलाउँदा अधिक सावधान रहनुहोला।

कुम्भ राशि

कुम्भ राशिका मानिसले यो हप्ता आलस्य छाडेर पाएको अवसरको पूरा लाभ उठाउने प्रयास गर्नु पर्नेछ। करियर तथा व्यापारको दृष्टिकोणबाट यो हप्ता तपाईंको लागि अत्यन्त शुभ साबित हुनेछ। कायक्षेत्रमा सहकर्मीको पूरा समर्थक प्राप्त हुनेछ। धन लाभ मिल्ने सम्भावना रहेको छ। परिवारका वरिष्ठ सदस्यको स्वास्थ्यमा समस्या आउनसक्छ, सजग रहनुहोला। प्रेम सम्बन्धमा मनमुटाव पैदा हुनसक्छ। दाम्पत्य जीवन भने सुखमय रहनेछ।

मीन राशि 

मीन राशिका मानिसको लागि यो हप्ता करियर तथा व्यापार क्षेत्रमा निकै सावधान रहन आवश्यक छ। पूरा विवेक तथा उर्जाका साथ काम गर्नाले सफलताको सम्भावना उच्च रहन्छ। वैदेशिक क्षेत्रसँग समबन्धित कारोबारबाट अप्रत्याशित परिणाम प्राप्त हुनेछ। हप्ताको अन्त्यमा आफन्त तथा परिवारका सदस्यको स्वास्थ्य बिग्रन सक्छ। दाम्पत्य जीवनमा सुमधुरता रहनेछ। आफ्नो स्वास्थ्यको पनि अत्यन्त ध्यान दिन जरूरी छ।

प्रकाशित : सोमबार, चैत ३०, २०७७१९:२०

कुम्भ राशि हुनेहरुका लागि कस्तो रहला २०७८ साल ? हेर्नुहोस् वार्षिक राशिफल !