काठमाडौँ — सोमबार देशभर थप ५५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा मुलुकभर विभिन्न प्रयोगशालामा ४ हजार ३ सय ७८ पीसीआर तथा ७ सय २७ जनाको एन्टीजेन परीक्षण गर्दा पीसीआरबाट ४९६ जना र एन्टीजेन परीक्षणबाट ६३ जना जारी कुल ५५९ कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यससँगै, नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ८० हजार ५२४ पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा थप १३८ जना कोरोना संक्रमण मुक्त भएका छन् । जससँगै हालसम्म निको हुनेको संख्या २ लाख ७४ हजार १६५ रहेको छ । हाल नेपालमा ३ हजार ३०६ सक्रिय संक्रमित रहेका छन् ।
काठमाडौं उपत्यकामा मात्रै गएको २४ घण्टामा २११ जनामा संक्रमण पुष्टि भएको प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए। जसमा काठमाडौं १ सय ५९, ललितपुर ४४ र भक्तपुरमा ८ जना रहेका छन्।
त्यस्तै, सोमबार थप १३ जनाको कोरोना संक्रमणको कारण मृ-त्यु भएको छ। जससँगै देशभर कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ३ हजार ५३ पुगेको छ।