काठमाडौँ – २०७७ सालको अन्तिम दिन आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ। चैत महिना तथा २०७७ सालको अन्तिम दिन आज सुनको मूल्य १ सय रुपैंयाँले घटेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाला सुनको मूल्य ८९ हजार ५ सय र तेजाबी सुनको मूल्य ८९ हजार ५० रुपैंयाँ रहेको छ।
चैत महिना सुनको मूल्य
चैत महिनामा छापवाला सुन ८५ हजार ६ सय देखि ८९ हजार ९ सय रुपैंयाँ सम्ममा कारोबार भयो। त्यस्तै तेजावी सुन भने ८५ हजार १ सय ५० देखि ८९ हजार ४ सय ५० रुपैंयाँ सम्ममा कारोबार भयो।
२०७७ सालमा सुन
कोरोना भाइरस संक्रमण पश्चात विश्व अर्थ तन्त्रमा परेको असरका कारण सुनको मूल्यमा विश्वभर नै उतारचढाव भयो। यस वर्ष सुन इतिहाँसकै महँगो भयो। सुन कयौं दिन १ लाख भन्दा बढी रकममा बिक्रि भयो।
यस वर्षको साउन २३ गते सुन नेपालको इतिहाँसकै महँगो भयो। त्यस दिन छापावाला सुन १ लाख ३ हजार ५ सय रुपैंयाँमा कारोबार भएको थियो भने तेजाबी सुनको मूल्य १ लाख ३ हजार रुपैंयाँ कायम भएको थियो।
कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउनको घोषणा गरेपछि सुनको मूल्य केहि महिना ठप्प भएको थियो। सुनको कारोबार पुनः खुल्ला भएको पहिलो दिन सुनको मूल्य जेठ २५ हजार ८७ हजार ४ सय कायम भएको थियो। यस वर्ष सुन कम्तीमा ८५ हजार ६ सय देखि १ लाख ३ हजार सम्ममा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।