हाल विश्वको सर्वोत्कृष्ट खेलाडी को हुन् ?
पछिल्लो १५ वर्ष देखि सायद दुई नाम नै आउँछन्: क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी। तर दुबै सुपरस्टार आफ्नो करियरको अन्तिमतिर रहेका छन्। यस्तोमा आजको समयमा यी दुई स्टारलाई फुटबल जगतका दुई नयाँ युवा स्टार: किलियन एम्बाप्पे र एर्लिंग हालाण्डले पछि परिसकेको धेरैले बताउने गर्छन्।
यो कुरा सुन्दा बच्चाको कुरा जस्तो लग्न सक्छ तर धेरै लामो समयपछि सायद यो प्रश्न सोध्न पनि मिल्न सक्छ। तर आज हामी बेस्ट प्लेयरको बारेमा कुरा गर्दै छैनौं। हामी आज फुटबल फ्यान्सले नै रोजेको फुटबल जगतका हरेक स्थानका एक उत्कृष्ट खेलाडीको बारेमा बताउँछौं। स्पेनिस पत्रिका मार्काले फुटबल फ्यान्स माझ एक पोल गरेको थियो जसमा ५ लाख भन्दा धेरै फुटबल फ्यान्सले गोलकिपर देखि स्ट्राइकरसम्म हरेक स्थानमा एक उत्कृष्ट खेलाडी रोजेका छन्।
यसको लागि मर्काले एक नक-आउट प्रतियोगिता गर्यो जसमा हरेक पोसिजनका ८ बेस्ट खेलाडी बीच भोट गरियो। जसबाट ४ विजयी खेलाडी बीच सेमी-फाइनल चरणमा भोटिंग भयो र जसबाट २ विजयी खेलाडी बीच फाइनल भोटिंग गरेर हरेक पोजिसनमा एक बेस्ट खेलाडी चुनियो।
५ लाख भन्दा धेरै फ्यान्सका अनुसार यी हुन् फुटबलमा हरेक पोजिसनका बेस्ट प्लेयर:
गोल किपर
विजेता: ज्यान ओब्लाक
उप-विजेता: मार्क आन्द्रे टर स्टेगेन
फुल ब्याक
विजेता: अल्फोन्जो डेभिस
उप-विजेता: ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड
सेन्टर ब्याक
विजेता: सर्जियो रामोस
उप-विजेता: भर्जिल भान डाइक
सेन्ट्रल मिडफिल्डर
विजेता: केभिन डी ब्र्युएन
उप-विजेता: लुका मोड्रिक
याट्याकर
विजेता: लियोनल मेस्सी
उप-विजेता: नेइमार
स्ट्राइकर
विजेता: एर्लिंग हालाण्ड
उप-विजेता: किलियन एम्बाप्पे
पूरा ११