“रोनाल्डो कहिले पनि एक लिडर हुन सकेनन् र हुन सक्दैनन् पनि”

पूर्व युभे मिडफिल्डर मासिमो माउरोले पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डो कहिले पनि रियल लिडर नभएको र कहिल्यै हुन पनि नसक्ने भन्दै युभेन्टसले उनीबाट छुटकारा पाउनु पर्ने बताएका छन्।

स्पेनिस क्लब रियल म्याड्रिडमा ९ वर्ष बिताएपछि २०१८ मा रोनाल्डो १०० मिलियनमा इटालियन च्याम्पियनसँग अनुबन्ध भएका थिए। ५ पटकका ब्यालुन डी ओर विजेतालाई इटालियन महारथीले च्याम्पियन्स लिग जित्ने मुख्य लक्ष्यका साथ क्लबमा भित्र्याएको थियो, तर रोनाल्डोको प्रस्थान पछि युभे अहिलेसम्म प्रतियोगिताको सेमी-फाइनलसम्म पनि पुग्न सकेको छैन।

यस्तोमा हाल रोनाल्डोले क्लब छाड्ने चर्चा चलिरहेको छ। यसै बीच युभेन्टसमा रोनाल्डोको प्रभावको बारेमा प्रश्न गर्दा माउरोले गाजेटा डेल्लो सपोर्टलाई भने,”रोनाल्डो अहिलेसम्म कहिल्यै पनि लिडर बन्न सकेनन् र भविष्यमा बन्न पनि सक्दैनन्। रोनाल्डोले टिमका साथीहरुलाई मद्दत गर्दैनन्। उनलाई सधैं अरुले बल दिनु पर्छ र गोल गर्छन्। उनी एक टिम प्लेयर हैनन्।”

क्लबका उनको आगमनपछि युभेन्टसले राम्रो नतिजा निकाल्न सफल भएको भन्दै उनले भने,”नतिजाको बारेमा कुरा गर्दा युभेले रोनाल्डो बिना नै उत्कृष्ट प्रदर्शन गरेको थियो। उनीहरुले च्याम्पियन्स लिगमा पनि संघर्ष गरिरहेका छन्। त्यसैले गर्दा युभेको लागि रोनाल्डोबाट छुटकारा पाउनु नै राम्रो हुनेछ।”

२०१८ मा इटाली आएका रोनाल्डोले इटालियन च्याम्पियनको लागि १२६ खेल खेल्दै ९७ गोल गरिसकेका छन्। उनी क्लबका हुँदा युभेले २ सरी-ए, २ इटालियन सुपरकोपा उपाधि जित्न सफल भएको छ।

प्रकाशित : बुधबार, बैशाख ०१, २०७८११:३३

बार्यनसँगको खेलपछि क्लबमा आफ्नो भविष्य बारे बोले नेइमार, यसो भने !