२५ लाख भन्दा बढी कित्ता आईपीओ जारी हुँदै ! कुन कम्पनी ? हेर्नुहोस् !

काठमाडौँ – सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले प्राथमिक शेयर (आईपीओ) जारी गर्न पाउने भएको छ। सीईडीबी हाइड्रोपावरलाई नेपाल धितोपत्र बोर्डले आईपीओ गर्ने अनुमति दिएको हो।

बोर्डले सीईडीबी हाइड्रोपावरलाई २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको एक सय रुपैयाँ अंकति मूल्यमा २५ लाख १८ हजार २ सय ३० कित्ता आईपीओ निष्काशन गर्न अनुमति दिएको छ।

कम्पनीले २०७४ असार २७ गते आईपीओका लागि दिएको निवेदन अहिले आएर स्वीकृत भएको नेपाल धितोपत्र बोर्डले जनाएको छ। कम्पनीले आईपीओ निष्कासनका लागि सनराइज क्यापीटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

प्रकाशित : बिहिबार, बैशाख ०२, २०७८१५:२४

सरकारले तोक्यो कोरोनाबाट अतिप्रभावित १४ जिल्ला, विद्यालयमा नजान अपिल ! [जिल्लाको सूची]