रुरुको आइपियो बाँडफाँड सम्पन्न, यसरी हेर्नुहोस् नतिजा !

काठमाडौँ – रुरु जलविद्युत परियोजना लिमिटेडको प्राथमिक शेयर (आइपिओ)को बाँडफाँड भएको छ। बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार आइपिओको बाँडफाँड शुक्रबार बिहान भएको हो।

एनएमबी क्यापिटलले चैत २० गतेदेखि २४ गते सम्मका लागि प्रतिकित्ता १२० रुपैयाँको दरमा ४ लाख ७ हजार ७०६ कित्ता कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो। त्यसमध्ये ५ प्रतिशत अर्थात २० हजार ३८५ कित्ता सामूहिक लगानीकोषका लागि, २ प्रतिशत अर्थात ८ हजार १५४ कित्ता कर्मचारीहरुका लागि र बाँकी ३ लाख ७९ हजार १६७ कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको थियो ।

एनएमबी क्यापिटलका अनुसार रुरुको आईपीओमा माग भन्दा बढी आवेदन परेको थियो। रुरुको आईपीओका लागि १६ लाख ६९ हजार १९ जनाले कुल २ करोड ३३ लाख ९० हजार ९० कित्ता शेयर माग गरेका थिए।

कतिले पाए ?

सर्वसाधारणका लागि कम्पनीले ३ लाख ७९ हजार १६७ कित्ता छुट्याएको छ। यो कम्पनीले माग गरेको आवेदन भन्दा ६१.६८ गुणा बढी हो। १० कित्ताको दरले बाँडफाँड गर्दा ३७ हजार ९१६ जनाले १० कित्ता र ७ जनाले थप एक कित्ता अथवा ११ कित्ता शेयर पाएका छन्।

कसरी हेर्ने नतिजा ?

रुरु जलविद्युत परियोजनाको साधारण शेयर (आईपीओ) बाँडफाँडको नतिजा मेराे शेयरले व्यवस्था गरेको नतिजा पोर्टल, कम्पनीकाे वेबसाइट र बिक्री प्रबन्धककाे वेबसाइटमा गएर हेर्न सकिनेछ।

प्रकाशित : शुक्रबार, बैशाख ०३, २०७८०९:४४

धमाधम थला पर्दै विद्यार्थी, एकै दिन यति धेरै थला परे !