के रोनाल्डोको २०१३ को ब्यालुन डी ओर फुटबल इतिहासको एक चोरी थियो ?

क्रिस्टियानो रोनाल्डो आफ्नो पुस्ताका सर्वोत्कृष्ट खेलाडी हुन्। उनी र लियोनल मेस्सीलाई मोडर्न डे फुटबलका दुई महान् खेलाडीको रूपमा चिनिन्छ। २००२ मा स्पोर्टिंग सिपीबाट व्यावसायिक करियरको सुरुवात गरेका रोनाल्डोले म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड र हाल इटालियन क्लब युभेन्टसका लागि खेलिसकेका छन्।

५ पटक ब्यालुन डी ओर अवार्ड जितेका रोनाल्डोले क्लब स्तरमा सम्भावित सबै उपाधि जितेका छन्। साथै पोर्चुगल राष्ट्रिय टोलीबाट पनि उनले २०१६ को युरो कप र २०१८ को युइएफए नेशन कप उपाधि पनि जितेका छन्। व्यक्तिगत अवार्डको कुरा गर्नु पर्दा ५ ब्यालुन डी ओर, ४ गोल्डेन बुट, ३ युइएफए बेस्ट प्लेयर लगायत थुप्रै अवार्ड जितेका छन्।

विश्व फुटबलमा सबैभन्दा महत्वपूर्ण मानिने ब्यालुन डी ओर रोनाल्डोले ५ पटक जितिसकेका छन्। उनले २००८, २०१३, २०१४, २०१६ र २०१७ मा यो अवार्ड हात परेका हुन्। उनको सफलता र मेहनतमा कसैले शंका गर्ने ठाउँ छैन। तर कतिपय मानिसले यो चर्चा गर्ने गर्छन् कि सन् २०१३ मा रोनाल्डो ब्यालुन डी ओर अवार्डको असली हकदार थिएनन्। कसैले त यसलाई ब्यालुन डी ओर इतिहासकै सबैभन्दा ठूलो चोरी रहेको बताउँछन्।

२०१३ को ब्यालुन डी ओर अवार्डका लागि टप ३ खेलाडी थिए स्वयम् क्रिस्टियानो रोनाल्डो, बार्सिलोनाका लियोनल मेस्सी र बार्यन म्युनिखका फ्रान्क रिबेरी। त्यो वर्ष प्राय: मानिसले रिबेरीले उक्त अवार्ड जित्ने आँकलन गरेका थिए। त्यो सिजन बार्यन म्युनिखले ट्रेबल जित्न सफल भएको थियो र उक्त टोलीका प्रमुख र सबैभन्दा महत्वपूर्ण खेलाडी थिए फ्रान्क रिबेरी।

रिबेरीले बार्यनलाई च्याम्पियन्स लिग, बुन्डेसलिगा र डिएफबी पोकाल ट्रफी जित्न मद्दत गरेका थिए। उनले २०१३ को युइएफए बेस्ट लेयर अफ द इयर उपाधि पनि जित्न सफल भए। यस्तोमा सबैको बेट रिबेरीमा नै थियो। तर रोनाल्डोको ५६ खेलमा गरेको ६६ गोल रिबेरीको सफलता भन्दा महत्वपूर्ण भयो र रियल म्याड्रिड स्टारले मेस्सी र रिबेरीलाई पछि पार्दै दोस्रो पटक ब्यालुन डी ओर अवार्ड जित्न सफल भए।

प्रकाशित : शुक्रबार, बैशाख ०३, २०७८१४:२७

कोपा डे रे को फाइनलमा चल्ला मेस्सीको जादू ?