धेरैपछि प्रचण्डलाई ओलीको फोन ! के भयो कुरा ?

काठमाडौँ – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेका छन्।

प्रतिनिधिसभा विघटन र एमाले माओवादी ब्युँतिएपछिका समयमा दुवै बीच संवाद हुन नसकिरहेको अवस्थामा प्रचण्डलाई ओलीले शुक्रबार फोन गरेका हुन्।

शुक्रवार ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको भवन उद्घाटन गर्नेक्रममा प्रचण्ड आफैंले ओलीको फोन आएको जानकारी गराए। भवन उद्घाटनपछि आयोजित कार्यक्रमलाई सम्क्षिप्त सम्बोधन गर्नेक्रममा प्रचण्डले ओलीको फोन आएको जानकारी गराएका हुन्।

“यहाँ बस्दै गर्दा प्रधानमन्त्री केपी ओलीको फोन आयो मलाई धेरै तपाइले के भन्न खोज्नुभएको हो उद्घाटन सकेपछि कुरा गरौंला भने।”,प्रचण्डले ओलीको फोन आएको जानकारी गराउँदै भने।

ओलीको फोन आउनुलाई राम्राे भन्ने कि नराम्राे भन्ने कुरामा आफैं अलमलमा रहेको पनि प्रचण्डले बताए। उनले भने,”थाहा छैन यो राम्रो हो कि नराम्रो के हो। यो बाटो बनाइदिनुस् भन्नेवाला छु।”

प्रकाशित : शुक्रबार, बैशाख ०३, २०७८१४:३३

रुरु जलविद्युत परियोजनाको आइपिओको नतिजा सार्वजनिक, अब हेर्न मिल्ने ! कसरी ?