काठमाडौँ – रुरु जलविद्युत परियोजना लिमिटेडको प्राथमिक शेयर (आइपिओ) बाँडफाँडको नतिजा सार्वजनिक भएको छ। शुक्रबार बिहान भएको आइपिओ बाँडफाँडको नतिजा शुक्रबार ढिलो गरी सार्वजनिक भएको हो।
आईपीओ बाँडफाँडको नतिजा मेराे शेयरले व्यवस्था गरेको नतिजा पोर्टलमा उपलब्ध भएको छ। मेराे शेयरले व्यवस्था गरेको नतिजा पोर्टलका अलावा कम्पनीकाे वेबसाइट र बिक्री प्रबन्धककाे वेबसाइटमा गएर पनि हेर्न सकिन्छ।
बिक्री प्रबन्धक एनएमबी क्यापिटलले चैत २० गतेदेखि २४ गते सम्मका लागि प्रतिकित्ता १२० रुपैयाँको दरमा ४ लाख ७ हजार ७०६ कित्ता कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो।
त्यसमध्ये ५ प्रतिशत अर्थात २० हजार ३८५ कित्ता सामूहिक लगानीकोषका लागि, २ प्रतिशत अर्थात ८ हजार १५४ कित्ता कर्मचारीहरुका लागि र बाँकी ३ लाख ७९ हजार १६७ कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको थियो ।
एनएमबी क्यापिटलका अनुसार रुरुको आईपीओमा माग भन्दा बढी आवेदन परेको थियो। रुरुको आईपीओका लागि १६ लाख ६९ हजार १९ जनाले कुल २ करोड ३३ लाख ९० हजार ९० कित्ता शेयर माग गरेका थिए।
कतिले पाए ?
सर्वसाधारणका लागि कम्पनीले ३ लाख ७९ हजार १६७ कित्ता छुट्याएको छ। यो कम्पनीले माग गरेको आवेदन भन्दा ६१.६८ गुणा बढी हो। १० कित्ताको दरले बाँडफाँड गर्दा ३७ हजार ९१६ जनाले १० कित्ता र ७ जनाले थप एक कित्ता अथवा ११ कित्ता शेयर पाएका छन्।
योग्य आवेदकमध्ये गोलाप्रथाबाट ३७ हजार ९१६ लगानीकर्ताले दश कित्ताका दरले शेयर पाएको एनएमबी क्यापिटलले जनाएको छ। आवेदन दिएकामध्ये पनि १५ लाख ५२ हजार बढीको हात खाली भएको